अपहरणकारी पक्राउ गर्ने इन्स्पेक्टर १५ दिनदेखि आइजीपीको थुनामा

काठमाडौं, फागुन १० । नेपाल प्रहरीको काम कर्तब्य नै अपराध नियन्त्रण गर्नु हो । तर त्यही अपराध नियन्त्रण गरेबापत पुरस्कृत हुनुपर्ने एक प्रहरी अधिकृत १५ दिनदेखि आफ्नै कार्यालयमा थुनिएका छन् ।

अपहरणकारीलाई पक्राउ गरेबापत ललितपुरको पुल्चोक प्रभागका इन्चार्ज इन्स्पेक्टर गोविन्द पन्थी प्रहरी प्रधान कार्यालय नक्सालभित्रै रहेको १ नम्बर गणमा थुनिएका छन् । मिटरब्याजमा पैसा लगाउने भारतीय नागरिक रवि सिंहले निता डंगोललाई अपहरण गरेपछि इन्स्पेक्टर पन्थीले उनलाई पक्राउ गरेका थिए ।

अपहरणकारी रवि सिंह आइजीपी अर्यालका खास मानिस भएकाले उनकै मौखिक उजुरीका आधारमा इन्स्पेक्टर पन्थीलाई बन्दी बनाइएको छ । एक अधिकृतलाई निलम्बन पनि गरिएको छैन, किन थुनिएको हो जानकारी पनि दिइएको छैन । के कारण उनलाई थुनेर राखिएको हो, त्यो समेत उनलाई थाहा छैन । उनले अपहरणकारी समात्नु अपराध भएको छ । उनलाई किन थुनिएको हो, त्यसबारे कुनै जानाकारी नै नदिई मानवअधिकार समेत हनन् गरिएको छ ।

एमालेका सांसद तथा पूर्व डीआइजी नवराज सिलवाललाई पक्राउ गर्न असहयोग गरेको आरोप समेत आइजीपी अर्यालले उनीमाथि लगाएका छन् । र, सिलवालसँग कुरा भएको कलडिटेल भएको भन्दै उनलाई विनाकारण दुःख र यातना दिने काम आइजीपी अर्यालले गरेका छन् ।

आइजीपी अर्यालले एमालेका सांसद सिलवाललाई पक्राउ गर्न केपी शर्मा ओली प्रधानमन्त्री हुने अघिल्लो दिनसम्म पनि अथक प्रयास गरेका थिए । त्यसका लागि उनले विश्व पोखरेल र मोहन थापालाई काठमाडौंं परिसरमा सरुवा समेत गरे । तर नसकेपछि एक इन्स्पेक्टरलाई अनाहकमा थुनेर सिलवालमाथिको रिस साधना गरिरहेका छन् ।

आइजीपी अर्यालको संरक्षणमा रहेका अपहरणकारी रवि सिंहलाई पक्राउ गरेबापत एक प्रहरी अधिकृतले अनाहकमा थुनामा बस्नुपरेको नेपाल प्रहरीको इतिहासमा पहिलो घटना भएको एक प्रहरी अधिकृत बताउँछन् ।

आइजीपी अर्यालले सात घण्टासम्म चरम यातनासहित एक महिलालाई बन्धक बनाउने भारतीय नागरिक रवि सिंहविरुद्धको मुद्दा रोक्न दबाब दिए, त्यतिले नपुगेर ती अपराधीलाई पक्राउ गरेबापत पुरस्कृत गर्नुपर्ने आफ्नै संगठनका अधिकृत पन्थीलाई थुनेर बहादुरी प्रशर्नन गरेका छन् ।

बाहिर निस्केपछि मिटर ब्याजमा पैसा लगाउने सिंहले पन्थीलाई कारबाही गर्नैपर्ने बताएपछि आइजिपी अर्यालले अपराधी समातेबापत प्रहरी अधिकृतमाथि कारबाही गर्ने निर्णय लिएका हुन् । रवि सिंहले उच्च प्रहरी अधिकृतको पैसा पनि मिटर ब्याजमा लगाएको स्रोतले बताएको छ । नयाँ पेज.com बाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *