सञ्चिता र पुष्पको ‘मुटुको धड्कन’ बोलेपछि (भिडियोसहित)

काठमाडौं, फागुन १० । अहिलेकी चर्चित मोडेल सञ्चिता शाहिको दिनप्रतिदिन लोकप्रियता बढ्दै गएको छ ।  शाहिले मोडेल गरेका गीतहरु एकपछि अर्को हिट हुदै जान थालेका छन्। उनि अहिले आफ्नो कामप्रति सन्तुष्ट छिन् । पछिल्लो समय एकपछि अर्को हिट गीतमा शाहि जम्दै जान थालेपछि उनी ब्यस्त समेत रहन थालेकि छन् काठमाडौंमा सांगीतिक जीवन बिताइरहेकी शाहिले छोटो समय मै आफुलाइ यश क्षेत्रमा एक सफल मोडलको रुपमा स्थपित गराउन सफल भईसकेकि छन्।

मोडलिङ क्षेत्रमा लागेको छोटो समय मै आफ्नो अभिनय कलाबाट लाखौं दर्शक को मन जितिसकेकी संचिताले अभिनय गरेका धेरै म्युजिक भिडियो हरुले सांगीतिक बजारमा राम्रो चर्चा बटुलिसकेको छ। भर्खरै मात्र संचिता शाही र पुष्प खड्का ले अभिनय गरेको आधुनिक गीत मुटुको घड्कन सार्बजनिक भएको छ । यस आधुनिक गितमा पनी उनले निकै नै स्राेता दर्शकले रुचाउने र मन पराउने खालको अभिनय गरेको बताएकि छन् ।

गोबिन्द गीरी को शब्द रचना,राम सिटौला को संगीत रहेको यश गीतमा प्रमोद खरेल र सुष्मा लामा थिङ को आवाज रहेको छ । क्रान्ति केसि को निर्देशन र संम्पादन मा तयार भएको यश गीतको म्युजिक भिडियो अर्जुन तिवारी ले खिचेका हुन् । भने शितल सिजन डिजिटल प्रा।लीले बजार ब्यबस्थापन गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *