बर्दिया: मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

बर्दिया, फागुन १० ।  बर्दियाको राजापुर नगरपालिका–३ मा गएराति मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् ।

राति सवा १० बजे से३प ६४८९ नम्बरको मोटरसाइकल नियन्त्रण गुमाएर पल्टिदा मोटरसाइकलमा पछाडि सवार कैलाली, टिकापुर नगरपालिका–४ का ३० वर्षीय बजारु चौधरीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका चौधरीलाई अस्पताल पुर्‍याउनसाथ चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक सोही ठाउँका २८ वर्षीय रामबहादुर चौधरीको भने नर्सिङ होम नेपालगञ्जमा उपचार भइरहेको छ ।

तीव्र गतिका कारण मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *