प्रदेश र प्रतिनिधिसभा निर्वाचन विधेयक संसदबाट पारित

काठमाडौँ, १९ भदौ । व्यवस्थापिका संसदबाट प्रदेश र प्रतिनिधिसभा निर्वाचन विधेयक पारित भएको छ । यससँगै आगामी मंसिर १० र २१ गते निर्धारित निर्वाचनका लागि बाटो खुलेको छ । निर्वाचन आयोगले छिटो विधेयक पारित गर्न माग गर्दै सरकारलाई ताकेता गर्दै आएको थियो ।

गृहमन्त्री जनार्दन शर्माले विधेयक पारित गर्न संसदमा राख्नुभएको प्रस्ताव पारित भएको हो । राज्यव्यवस्था समिति बैठकले बिधेयकलाई आजै अन्तिम रुप दिएको हो । संसद बैठक आगामी २३ गते एक बजेसम्मका लागि स्थगित भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *