सरकारमा दुईतिहाईको कसरत – मन्त्री आकांक्षी मिलाउन सकस

काठमाडौं, फागुन १० । प्रधानमन्त्री भएको एक सातासम्म पनि एमाले अध्यक्ष केपी ओलीले मन्त्रिमण्डल विस्तार गर्न सक्नुभएको छैन। प्रधानमन्त्री नियुक्त भएकै दिन गठित तीन सदस्यीय मन्त्रिमण्डललाई उहाँले सम्भवतः बिहीबार विस्तार गर्ने योजना बनाउनुभएको छ ।

एमाले अध्यक्ष ओली माओवादी केन्द्रको साथ लिएर फागुन ३ मा प्रधानमन्त्री बन्नुभएको थियो। त्यसयता सरकार गठनका लागि तयारी गरे पनि मन्त्रालयको भागबन्डा, संख्या र आकांक्षीको दबाबका कारण उहाँलाई सकस परिरहेको छ।

प्रधानमन्त्री ओली सकभर उपेन्द्र यादव नेतृत्वको संघीय फोरमलाई समेत सहभागी गराई दुईतिहाइको सरकार सञ्चालनको कसरतमा हुनुहुन्छ। त्यसका लागि उहाँले निर्वाचन परिणाम आएदेखि नै यादवलाई प्राथमिकता दिइरहनुभएको छ

सोमबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल र उहाँले प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमै यादवलाई बोलाई सरकारमा आउन संयुक्त आग्रह मात्रै गर्नुभएन, बुधबार दुई पार्टीका प्रतिनिधिबीच औपचारिक छलफल नै गराएर सरकारमा आउन प्रस्ताव राख्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *