फोरम पनि सरकारमा सामेल हुने, भागबण्डा नपुग्दा मन्त्रिपरिषद बिस्तार भएन

काठमाडौं, फागुन ९ । नेकपा एमाले र माओवादी केन्द्रबीच मन्त्रालयको भागवण्डा नटुङ्गिदा सरकार विस्तार हुन सकेको छैन । एमाले र माओवादी बिच नै मन्त्रालय भागबण्डाको कुरा नमिलिरहेका बेला उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम समेत सरकारमा साहभागी हुन ईच्छा देखाएको छ ।

फोरम नेपालले पनि सरकारमा सहभागी हुने इच्छा देखाएपछि भागवण्डा प्रक्रिया लम्बिएको स्रोतले जनायो । फोरम अध्यक्ष यादव गत सोमबार एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता संयोजन समितिको बैठकमा एक घण्टा सहभागी समेत भएका थिए ।

माओवादी केन्द्रका नेता दीनानाथ शर्माले मन्त्रालय थपघट हुन सक्ने भन्दै भागवण्डामा ढिलाई भएको बताए । अहिले भएका २५ वटा मन्त्रालयलाई घटाएर १६/१७ वटा बनाउने कुरा भएकाले भागवण्डामा ढिलाई भएको शर्माले बताए । माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले पनि मन्त्रालयको भागवण्डा टुंगिएलगत्तै पार्टीले योग्य र सक्षम व्यक्तिलाई छानेर सरकारमा पठाउने बताइन् ।

यसअघि नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको छलफलले मन्त्रालय भागवण्डा गर्ने बताइएको थियो । तर फोरमलाई पनि सहभागी गराउनुपर्ने र दोस्रो तहका नेताको समेत सहमती तिनुपर्ने भएकाले मन्त्रालय भागबण्डाको टुंगो नलागेको बताइएको छ ।

माओवादी केन्द्रबाट ओली नेतृत्वको सरकारमा रामबहादुर थापा बादलको नेतृत्वमा हिमाल किराँती, वर्षमान पुन, पम्फा भुसाल, देवेन्द्र पौडेल, शक्ति बहादुर बस्नेत, मातृका यादव, जनार्दन शर्मा, लेखराज भट्ट, राम कार्कीलगायत सरकारमा जान इच्छुक रहेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *