सौराहाको थारु संग्रहालयमा सय वर्ष पुराना तस्वीर

चितवन, फागुन ९ । चितवनको सौराहामा रहेको थारु सांस्कृतिक संग्रहालय तथा अनुसन्धान केन्द्रमा एक सय वर्ष पुराना फोटो संग्रह गरिएको छ ।

संग्रहायलका संरक्षक वासुदेव चौधरीका अनुसार औलो रोग उन्मूलन अघिका तस्विर संग्रह गरिएका छन् । सो समयमा चितवन झरेका समुदायका तस्वीरसमेत यहाँ रहेका छन् । थारुका रहनसहन र हस्तकलाका तस्वीर पनि ल्याइएको छ ।

दीर्घमान फाउण्डेसनका किरण चित्रकार र अष्ट्रेलियन विश्वविद्यालय, अमेरिकाको विश्वविद्यालय र युएसएडमार्फत तस्वीर उपलव्ध भएका हुन् ।


फोटो ल्याउनका लागि नेपाल पर्यटन बोर्डले सहयोग गरेको संग्रहालयका अध्यक्ष वीरेन्द्र चौधरीले जानकारी दिए । केही किनेर र केही निःशुल्कमा तस्वीर ल्याइएको हो ।

अन्य तस्वीर निःशुल्क रुपमा फोटो खिच्न नपाउने गरी प्रदर्शनका लागि मात्रै दिइएको चौधरीले जानकारी दिए । यहाँ करिब १०६ वर्ष अघिसम्मका तस्वीर रहेका छन् । अहिले ४८ वटा तस्वीर राखिएको छ । अझै यस्ता ऐतिहासिक चिज संग्रहालयमा ल्याइने उनले बताए ।

चितवनको रत्ननगरस्थित सौराहामा रहेको उक्त संग्रहालयमा थारु जातीको रहनसहन, वेषभूषा, मौलिक क्रियाकलाप, औजार प्रतिमा र तस्वीर बनाएर राखिएको छ । यहाँ पर्यटक शुल्क तिरेर अवलोकन गर्न आउछन् । यहाँको आदिवासी समुदाय थारुको पहिचान नहराओस् भनेर २०६२ सालमा संग्रहालय खोलिएको हो । यहाँ वार्षिक १२ देखि १५ हजारसम्म पर्यटक आउने गरेका छन् ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *