पत्रकार सम्मेलन गरेरै देखाए डा. केसीले नागरिकता !

काठमाडौं, फागुन ९ । आफ्नो नागरिकता र शैक्षिक प्रमाणपत्रमा प्रश्न उठेपछि डा. गोविन्द केसीले आफ्नो नागरिकता सार्वजनिक गरेका छन् ।

बुधबार महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल परिसरमा पत्रकार सम्मेलन गरेर केसीले आफ्ना सबै प्रमाणपत्र सार्वजनिक गरेका छन् । डा. केसीले आफ्ना प्रमाणपत्र सार्वजनिक गर्दै प्रधानन्यायाधीश पराजुलीलाई पनि आफूले जस्तै सबै प्रमाणपत्र सार्वजनिक गर्न चुनौती दिएका छन् ।

पत्रकार सम्मेलनमा केसीका समर्थकहरुले  ‘केसीको प्रमाणपत्र यता छ, पराजुली, तिम्रो कता छ ?’ लेखेको प्लेकार्ड बोकेका थिए ।

केसीले आफूले सुरुमा लिएको नागरिकताको प्रमाणपत्र नेपाली कागजमा भएको र पट्टयाएर राख्दा बिग्रेकाले प्रतिलिपी निकालेको उनले बताए । पत्रकार सम्मेलनमा उनले नागरिकता र प्रमाणपत्र सार्वजनिक गरी पत्रकारहरुलाई फोटो खिच्न दिएका छन् ।

प्रधानन्याधीश गोपाल पराजुलीको नैतिकतामाथि प्रश्न उठाएर अवहेलनाको मुद्दा खेपीरहेका डा. केसीकै नागरिकतामा फरक फरक जन्ममिति भएको चर्चा सहित उनीमाथि समेत प्रश्नचिन्ह उठेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *