ब्रम्हचारी दामोदरानन्द क्याम्पसमा तोडफोड र तालाबन्दी

सिरहा, माघ २५  । सिराहाको एक क्याम्पसमा विद्यार्थीहरुले तोडफोड र तालबन्दी गरेका छन् । आफूहरुको मागलाई वेवास्ता गरेको भन्दै विद्यार्थीहरुले ब्रम्हचारी दामोदरानन्द क्याम्पसमा तोडफोड र अनिश्चितकालीन तालाबन्दी गरेका हुन्।

विद्यार्थीहरुले क्याम्पस प्रमुखको कार्यकक्षमा रहेका कुर्सी, टेबल लगायतका समानहरु बाहिर फालेर तालाबन्दी गरेका छन् । क्याम्पस प्रमुख सञ्जयकुमार साहले नियमित कक्षा सञ्चालन गर्ने लगायतका विभिन्न आश्वासन दिए पनि बेवास्ता गरेको भन्दै आक्रोशित विद्यार्थीले तोडफोड र तालाबन्दी गरेका हुन् ।

लामो समयदेखि पठनपाठन नभएको विषयमा जानकारी गराए पनि सुनुवाई नभएकाले तालाबन्दी गरेको विद्यार्थी अरबिन्द सहनीले बताए ।

क्याम्पस प्रमुख साहले एकलौटी रुपमा कलेज सञ्चालन गरी विद्यार्थीको भविष्यमाथि खेलवाड गरिरहको अर्का विद्यार्थी रविन साहले आरोप लगाए । बिषयगत शिक्षक बिनानै आफूहरुलाई अध्ययन गर्न बाध्य भएको विद्यार्थीहरुको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 5 =