आजै मन्त्रिपरिषदलाई पूर्णता दिने प्रधानमन्त्री ओलीकाे तयारी, को को बन्दैछन् मन्त्री ?

काठमाडौं, फागुन ९ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी गर्नुभएको छ । एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको लागि सहमति भएसँगै मन्त्रिपरिषदलाई पूर्णता दिन लागिएको हो । सकभर आजै मन्त्रीको नाम टुंगो लगाएर मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी भैरहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

ओलीले २० भन्दा कम मन्त्री रहने गरी मन्त्रिपरिषद्लाई पूर्णता दिने गृहकार्य गर्नु भएको छ । सामान्य प्रशासन मन्त्रालयले मन्त्रिपरिषद् कार्यालयमा पठाएको प्रस्ताव अनुसार प्रधानमन्त्री कार्यालयसहित १५ मन्त्रालय हुनेछन् ।

मन्त्री बन्नेहरुको नाम टुंगो लगाउन एमाले र माओवादी केन्द्र हिजैदेखि छलफलमा छन् ।

मन्त्रीमा कसको चर्चा ?

मन्त्री बन्नको लागि एमाले र माओवादी दुवै पार्टीका नेताहरु दौडधुपमा लागेका छन् । एमालेबाट ईश्वर पोखरेल, भीम रावल, प्रदीप ज्ञवाली, योगेश भट्टराई, गोकर्ण अर्याल, रवीन्द्र अधिकारी, कृष्णगोपाल श्रेष्ठ लगायतको नाम चर्चामा छ ।

यस्तै माओवादीबाट रामबहादुर थापा बादल, देव गुरुङ, वर्षमान पुन, जनार्दन शर्मा, मातृका यादव, पम्फा भुसाल लगायत मन्त्री बन्ने सम्भावना छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *