पहिलो चरणमै राष्ट्रपतिको चयन !

काठमाडौं, फागुन ९ । संघीय र प्रदेश संसदमा दलहरुबीच भएको सांसद् संख्याअनुसार यसपटकको राष्ट्रपति र उपराष्ट्रपतिका लागि हुने चुनाव पहिलो राउन्डमै टुंगिने सम्भावना देखिएको छ ।

निर्वाचक मण्डलको तत्काल कायम रहेको कुल मतको बहुमत अर्थात् ५० प्रतिशतभन्दा बढी मतभार प्राप्त गर्ने व्यक्ति राष्ट्रपति र उपराष्ट्रपति निर्वाचित हुने व्यवस्था छ ।

राष्ट्रपति र उपराष्ट्रपति चुनावका लागि संघीय संसदका ३३४ र प्रदेशसभाका ५५० गरी कुल ८८४ जना मतदाता हुने व्यवस्था छ । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ का अनुसार संघीय संसदका एक जना सदस्यको मतभार ७९ हुनेछ भने प्रदेशसभाका एकजना सदस्यको मतभार ४८ हुनेछ ।, आजकोगोरखापत्रमा यो खबर छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *