बार्सिलोना र इंग्लीस क्लब चेल्सीबीचको खेल बराबरीमा

काठमाडौं, फागुन ९ । च्याम्यिन्स लिग अन्तर्गत गएराति भएको खेलमा स्पेनिस क्लब बार्सिलोना र इंग्लीस क्लब चेल्सीबीचको खेल बराबरीमा सकिएको छ ।

युरोपियन च्याम्पियन्स  लिग फुटबलको नकआउट चरणअन्तर्गत अन्तिम १६ को पहिलो लेगमा बार्सालाई घरेलु टोली चेल्सीले १–१ गोलको बराबरीमा रोकेको हो । ६२ औँ मिनेटमा विलियनले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए ।

तर ७५ औँ मिनेटमा बार्साका लागि लियोनल मेस्सीले गोल गर्दै खेल बराबरीमा पुर्‍याए । यी दुई टिमबीच आउँदो मार्च १४ मा नाउक्याम्पमा दोस्रो लेग हुनेछ ।

बार्सिलोनाले अन्तिमपटक सन् २००६ मा अन्तिम १६ कै पहिलो लेगमा २(१ गोलले चेल्सीलाई हराएको थियो । त्यसबेला पनि खेल चेल्सीको मैदानमा भएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *