महिला र कानूनसम्बन्धी दुईदिने सचेतना तालिम सम्पन्न

काठमाडौं, फागुन ८ । महिला र कानूनसम्बन्धी दुईदिने सचेतना तालिम सम्पन्न भएको छ । उक्त तालीम समान पहुँच नेपालकाे आयोजनामा सम्पन्न गरिएको हाे । नार्गाजुन नगरपालिकाका महिलाका लागि कानूनी सचेतनासम्बन्धी प्रशिक्षण कार्यक्रममा नगरपालिकाका झण्डै ६० महिला दिदीबहिनीको सहभागिता रहेको थियो । सो कार्यक्रममा अधिवक्ताहरू विष्णुमाया भुसाल तथा रमा श्रेष्ठ लगायतले विवाह सम्बन्धी कानूनी व्यवस्था र उजुरी तथा सजायसम्बन्धी कार्यविधि र महिलाको सम्पत्तिसम्बन्धी अधिकार र यसको उजुरीसम्बन्धी कार्यविधिका बारेमा प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य एंव प्रतिनिधी सभा सदस्य कृष्णगोपाल श्रेष्ठ ले महिलाहरु अब घरायसी काममा मात्र सिमित हुन नहुने भन्दै उधम सिलता र विकासमा अघि वढ्न सुझाव दिनुभयो ।

यस्ता कार्यक्रम मा महिला दिदी बहिनीहरु लाई मुलुकले कानुन र आयआर्जन का विषयमा थप सहयोग प्रदान गर्ने उहाँले बताउनुभयो कार्यक्रममा नेकपा एमाले का प्रदेश सभा सदस्य केशव पोखरेल, समान पहुँच नेपालकी अध्यक्ष सविता आचार्य लगाएत नै आफना धारणा राख्नुभएको थियो । सो अवसर सहभागी दिदी बहिनीलाई प्रमाण पत्र उपलब्ध गराइएकोे समान पहुँच नेपालकि महासचिव शान्ता वस्यालले बताउनुभयो सो दुईदिनै प्रशिक्षण कार्यक्रको सहयोगी का रुपमा चन्द्रगिरी नगरपालिका रहेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *