मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

कस्ता पुरुषप्रति हुरुक्क हुन्छन् स्त्री ?

“यौन फगत मनोरञ्जन होइन । यसको आफ्नै महत्व छ, दायरा पनि । अनुशासित यौन जीवनले मानसिक र शारीरिक स्वास्थ्यमा ठूलो फाइदा पुर्‍याउने कुरा विभिन्न अध्ययनबाट पुष्टि भइसकेको छ ।

यौनलाई व्यवस्थित र अनुशासित बनाउनका लागि पुस्तक नै लेखिएको थियो, कामसूत्र । कामसूत्रले सदियौबाट रतिक्रिया र संभोगको बारेमा निर्देश गर्दै आएको छ । यो पुस्तक ४ सय ईशापूर्व र २ सय ईश्वीको बीचमा लेखिएको थियो । यो पुस्तकले संभोगको पोजिसनसाथै लभ लाइफसँग जोडिएको महत्वपूर्ण कुरा उल्लेख छ ।

कामसूत्रले पुरुषको यस्तो गुणबारे बताएको छ, जसले स्त्रीलाई लोभ्याउने सामथ्र्य राख्छ । यहाँ सोहि कुरा चर्चा गरिएको छ ।

महत्वकांक्षी र उत्साही

कामसूत्रका अनुसार जो पुरुष महत्वकांक्षी र उत्साहित छन्, उनीहरुले स्त्रीलाई सजिलै आकषिर्त गर्न सक्छन् ।

साहसी र शूरवीर

कामसूत्रमा उल्लेख गरिएको सूत्र अनुसार साहसी र शूरवीर पुरुषले सधै महिलालाई आकषिर्त गर्न सफल हुन्छन् ।

विद्वताको गुण

कामसूत्रका अनुसार विद्वता त्यही गुण हो, जो पुरुषमा हुनुपर्छ । यस्तो गुणले भरिपूर्ण पुरुषले महिलालाई रिझाउन सफल हुन्छन् ।

भावना बुझ्ने

जो पुरुषमा विश्वास र अरुको भावना बुझ्ने गुण हुन्छ, उनीहरु स्त्रीलाई रिझाउन सफल हुन्छन् ।

कथा सुन्ने गुण

कामसूत्र अनुसार जुन पुरुषमा कविता वा कथा सुन्ने गुण हुन्छ । अर्थात उनीहरु त्यस्ता कथा सुनाउन समेत माहिर हुन्छन्, उनीहरुले सजिलै स्त्रीलाई आकषिर्त गर्न सक्छन् ।

स्थायी प्रेम

कामसूत्रका अनुसार हरेक स्त्री पुरुषबाट त्यही कुरा अपेक्षा गर्छन्, कि उनीहरुले आफ्नी पार्टनरलाई स्थायी रुपले प्रेम गरोस् ।

अर्काको निन्दा नगर्ने

कामसूत्रमा उल्लेख गएको गुण अनुसार पुरुष त्यागी हुनुपर्छ । साथै अर्कोको निन्दा गर्ने बानी उनमा हुनुहुँदैन ।

शक्तिशाली

शक्तिशाली पुरुषपनि स्त्रीले रुचाउँछन् । साथै महिलाप्रति प्रेमपूर्वक र सम्मानजनक व्यवहार गर्ने पुरुषलाई स्त्रीले रुचाउँछन् ।

परस्त्रीप्रति मोहित नहुने

कामसूत्र अनुसार जो पुरुष कुनै पनि स्त्रीप्रति मोहित हुँदैनन्, उनीहरु श्रेष्ठ मानिन्छन् । यस्तो गुणले भरिपूर्ण पुरुषलाई स्त्रीले रुचाउँछन् ।

बिना कन्फ्युजनका साथ काम गर्ने

कुनैपनि काम गर्दा द्विविधाग्रस्त हुने पुरुषलाई स्त्रीले रुचाउँदैनन् । आत्माविश्वासले भरिपूर्ण र कुनैपनि काममा द्विविधा नराख्ने पुरुषलाई स्त्रीले रुचाउँछन् ।”

प्रतिकृयाहरु
Loading...