अर्विट इन्टरनेशनलले अस्ट्रेलियन एजुकेशन फेयर गर्दै

काठमाडाैं, फागुन ८। विगत लामाे समयदेखि Abroad Study मा काम गर्दै अार्इरहेकाे प्रतिष्ठत शैक्षिक परामर्शदाता संस्था अर्विट इन्टरनेशनल एजुकेशनले शैक्षिक फेयरकाे अायाेजना गर्दैछ ।

अस्ट्रेलिया गएर उच्च शिक्षा हासिल गर्दै करियर बनाउन चाहने विद्यार्थीलार्इ लक्षित गर्दै एजुकेशन फेयरकाे अायाेजना गरिएकाे हाे । अाउँदाे फेब्रुअरी २७ (फागुन १५ गते) का दिन अर्विट विल्डिङमा हुन गर्इरहेकाे दाेस्राे अर्विट एजुकेशन फेयरमा विद्यार्थीले एउटै छानामुनी अस्ट्रेलियाका विभिन्न कलेज तथा विश्वविद्यालयका प्रतिनिधीहरूबाट शैक्षिक परामर्श लिन सक्ने अर्विट इन्टरनेशनल एजुकेशनकी विजनेश एण्ड डेभलपमेण्ट अफिसर अपुर्वा थापाले बतार्इन् ।

‘याे फेयरमा प्लस टु (कक्षा १२) उत्तिर्ण गरेका विद्यार्थी देखि ब्याचर, मास्टर्स गर्न अस्ट्रेलिया जान चाहेका विद्यार्थी तथा तिनका अभिभावकले सहभागिता जनाउन सक्नुहुन्छ । Abroad Study मा अस्ट्रेलिया जान चाहने विद्यार्थीका लागि याे फेयर एकदमै उपयाेगी हुने विस्वास लिएका छाैं ।’ उनले भनिन् ।

फेयरमा विद्यार्थीले अस्ट्रेलियाका विभिन्न कलेज तथा विश्वविद्यालयका प्रतिनिधी तथा नेपालका अाधिकारीक शैक्षिक परामर्शदाताबाट अस्ट्रेलियाकाे शिक्षा प्रणाली, भिजा प्रकृया, डकुमेन्टेसन, बैकिङ प्राेसेसिङका बारेमा प्रत्यक्ष जानकारी हासिल गर्न सक्नेछन् । भने, अस्ट्रेलियाका उत्कृष्ट कलेज तथा विश्वविद्यालयका बारेमा जानकारी समेत लिन सक्नेछन् ।

यसका साथै उत्कृष्ट विद्यार्थीलार्इ अन द स्पट स्कलरशिपकाे समेत ब्यवस्था गरिने छ । फेयरमा अाएका विद्यार्थीलार्इ करियर डेभलपमेण्टका विषयमा दक्ष परामर्शदाताबाट शैक्षिक परामर्श दिने ब्यवस्था गरिएकाे अर्विट इन्टरनेशनल एजुकेशनका निर्देशक शेषराज भट्टरार्इले बताए । ‘एजुकेशन फेयर भन्ने वित्तिकै विदेश पढ्न जाने विद्यार्थीका लागि अाकर्षित गर्न गरिएकाे भन्ने बुझिएपनि हामीले याे फेयरलार्इ विद्यार्थीकाे करियर डेभलपमेण्टका कुरामा बढि फाेकस गर्दैछाैं ।’ उनले भने ।–‘हामीले विद्यार्थीलार्इ विश्व बजारमा विक्ने तथा प्रसस्त संभावना भएका विषय पढ्नुपर्छ र त्यसका लागि गुणास्तरीय शिक्षा दिने शैक्षिक संस्था छनाैट गर्नुपर्छ भन्ने सन्देश दिनका लागि पनि फेयर गरेका हाैं ।’

फेयरमा विद्यार्थीले अस्ट्रेलियन Australian Harbour International College, Queensford College, Sydney Metro College, तथा Education Centre of Australia (ECA) जस्ता प्रतिष्ठत कलेजहरूका विषयमा जानकारी प्राप्त गर्नेछन् । सन् २००० बाट सञ्चालनमा अाएकाे अर्विट इन्टरनेशनल एजुकेशनले अस्ट्रेलियाका अलावा युएसए, अायरलेण्ड, न्युजलेण्ड जस्ता देशहरूका लागि काम गर्दै अार्इरहेकाे छ । अर्विट इन्टरनेशनल एजुकेशनले यस पटक गर्ने याे फेयर दाेस्राे पटक अायाेजना गरेकाे हाे ।

गत वर्ष अायाेजना गरेकाे फेयरमा अत्याधिक विद्यार्थीहरूकाे सहभागिता भएपछि उत्साहित हुँदै यसपटक पुनः फेयर गरिएकाे अर्विट इन्टरनेशनल एजुकेशनले जनाएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *