२६ लाख शिशुको एक महिना भन्दा कम समयमै मृत्यु हुने गरेको तथ्य सार्वजनिक

काठमाडौं, फागुन ८ । संयुक्त राष्ट्रसंघीय बालकोष युनिसेफले विश्वका अति गरीब मुलुकका २६ लाख शिशुको  जन्मेको एक महिना भन्दा कम समयमै मृत्यु हुने गरेको जनाएको छ ।

युनिसेफले एक प्रतिवेदन सार्वजनिक गर्दै १० लाख शिशुको जन्मेकै दिन वा केही घण्टाभित्रै मृत्यु हुने गरेको तथ्य सार्वजनिक गरेको हो । अफ्रिकाको सब–साहारा क्षेत्र शिशुका लागि सबैभन्दा बढी जोखिमयुक्त भएको समेत प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा शिशु तथा बाल मृत्युदर रोक्न सकिने भएतापनि त्यसका लागि गरिएका कार्यको चित्तबुझ्दो प्रगति नभएको जनाइएको छ । शिशुको मृत्युदर रोक्न स्वच्छ, सन्तुलित र पोसिलो खाना, स्वच्छ पानी, प्रभावकारी स्वास्थ्य सेवा र हेरचाहमा ध्यान दिनुपर्ने चेतना फैलाउन आवश्यक रहेको युनिसेफले उल्लेख गरेको छ ।

विश्वभर प्रत्येक दिन ७ हजार भन्दा बढी नवजात शिशुको जन्मेकै दिन मृत्यु हुने गरेको युनिसेफको तथ्याङ्क छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *