देशभर सामान्य रुपमा गाडी चल्दै, गाडी रोक्न खोज्ने केही पक्राउ

काठमाडौं, फागुन ८ । काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा सामान्य रुपमा गाडी चलिरहेको छ । काठमाडौंबाट छुट्ने लामो दूरीका गाडी पनि सम्बन्धित ठाउँका लागि छुटिसकेको नेपाल प्रहरीले जनाएको छ ।

प्रहरी प्रवक्ता मनोज न्यौपानेले गाडी चलिरहेकाले ढुक्क भएर गाडी चलाउन आग्रह गर्नु भएको छ । मंगलबार नेत्र बिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बन्द आह्वान गरेको छ ।

बन्दको हल्ला भए पनि गाडी चलिरहेको र सुरक्षा व्यवस्था पनि कडा पारिएकाले नआत्तिन प्रहरी प्रवक्ता न्यौपानेको सुझाव छ । उहाँका अनुसार सडक अवरोध गर्न खोज्ने केही व्यक्ति पक्राउ परेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *