यौन जिज्ञासा : स्तन ज्यादै सानो भयो कसरी ठूलो बनाउने ?

मेरो उमेर अहिले २१ बर्ष भयो ।  मेरो स्तन एकदम धेरै सानो छ । महिलाहरुलाई आकर्षण देखिन स्तन अलि ठुलो हुनु पर्छ । मेरो स्तन लाई ठुलो बनाउन के गर्नु पर्छ ?

स्तनको आकारको महत्व शाररिक स्वरूप आकर्षक देखाउन लाई मात्रै हो । त्योबाहेक स्तनको आकारले कुनै पनि फरक पर्दैन । जसलाई शरीर राम्रो देखिन जिउडाल मिलेको देखिन अथवा भनौ आफु राम्री देखिन लाई मात्रै स्तनको आकार प्रकारले फरक पार्छ ।

स्तनको काम भनेको बच्चालाइ स्तनपान गराउने र अर्को यौन आनन्द दिने हो ।  यौन सम्पर्कको बेला यौन आनन्द दिन पुर्व क्रिडाको लागि अनानद दिने काम पनि स्तन ले गर्छ त्यस्तै बच्चा जन्मे पछि स्तनपान गराउन पनि स्तन को काम हुन्छ।

यो दुवै गराउन स्तन सानो ठुलो भएर कुनै फरक पर्दैन । बिशेष त स्तन मा दुइ किसिमको भाग हुन्छ एउटा ग्रन्थीको भाग हुन्छ र अर्को बोसोको भाग हुन्छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *