२५ औं विवाह उत्सवमा परोपकारी दान

काठमाडौं, फागुन ७ । एक जोडीले आफ्नो विवाहको २५औं वर्षगाँठको अवसरमा अनाथ बालबालिका हरुलाई खाद्यान्न एवं शैक्षिक सामाग्रि वितरण गरेका छन् ।

ललितपुर कुपण्डोलका अच्युत र यमुना प्रधानाङ्गले २५औं बिवाह उत्सवमा असहाय बालबालिका आमा केन्द्र गोंगबुलाई कापी, कलम लगायतका विभिन्न शैक्षिक सामाग्री तथा चामल, दाल, बिस्कुट, चाउचाउ पेय पदार्थ लगायतका खाद्यान्न वितरण गरेका हुन् ।
प्रधानाङ्ग जोडीले आमा केन्द्रका संचालक पेम्बा शेर्पालाई सो सहयोग सामाग्रि हस्तान्तरण गरे ।

प्रधानाङ्ग जोडीले गत वर्ष पनि सोही केन्द्रलाई सहयोग गरेर आफ्नो २४औं विवाहउत्सव मनाएका थिए । अझ रोचक कुरा के छ भने उनीहरुको एकमात्र पुत्र अमितले नै आफ्ना बुवाआमालाई यसरी दान गरेर खुशी साट्न हौस्याएका थिए ।


भाडामा लिएको घरमा संचालित सो केन्द्रमा ५० जना असहाय बालबालिकाहरुले आश्रय लिइरहेका छन् । नर्सरी देखि बि एस्सीसम्म अध्ययनरत ति बालबालिकाको गास बास र कपास एवं शिक्षा, स्वास्थ्यका निम्ति मासिक दुई लाख रुपैया खर्च हुने गरेका संस्थाका सञ्चालक शेर्पाले बताए ।

विभिन्न परोपकारी संस्था एवं ब्यक्तिहरुबाट संकलित सहयोगबाटै संस्था संचालन भइरहेको पनि पेम्बाले जानकारी दिए । पर्यटन व्यवसायी समेत रहेको शेर्पा परिवारले आफ्नो आम्दानीको ठुलो हिस्सा समेत बालबालिकाहरुको संरक्षणमा खर्च गर्ने गरिएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *