गजल

” 

 

 

 

 

 

तिमीसँग विछोडको पल नआवस्

अडिग रहोस् प्रेम हलचल नआओस्

 

वितृष्णा छ भने कतै मेरो मायामा

घरीघरी फोनमा मिस्कल नआवस्

 

जुनीभरी लगाउने नै हो भने माया

दुनियाँमा कुनै दिन छल नआवस्

 

छताछुल्ल र भताभुङ्ग होस् संसार बरु

तिमी र मबिच कुनै खलबल नआवस्

 

मौलाउँदै जाउन् ममताका पुष्पहरु

अविश्वास पलाउँदै हलचल नआवस्

 

तिर्खा मेट्न पाउँ हृदयको सवारीले

त्यहाँ वितृष्णाको जलमल नआवस् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *