युएण्टोको अध्यक्षमा अधिकारी निर्वाचित

काठमाडौं, फागुन ७ ।  एकीकृत अखिल नेपाल शिक्षक संगठन(युएण्टो)को अध्यक्षमा शंकर अधिकारी निर्वाचित भएका छन् । संगठनको पाँचौं राष्ट्रिय सम्मेलनले अधिकारीको अध्यक्षतामा १५ सदस्यीय पदाधिकारी निर्वाचित गरेको हो ।

निर्वाचित अन्य पदाधिकारीहरुमा उपाध्यक्ष ऋषिराम चापागाई(चितवन), महिला उपाध्यक्ष नानुमाया पराजुली(लमजुङ) र खुला उपाध्यक्ष बसन्त अधिकारी(दाङ) रहेका छन् । यसैगरी सम्मेलनले सातै प्रदेशबाट एक–एकजना उपाध्यक्ष निर्वाचित गरेको छ । जहाँ प्रदेश नम्बर १ बाट सीताराम अधिकारी(झापा), प्रदेश नम्बर २ बाट युगेश्वर राउत(सप्तरी) र ३ नम्बर प्रदेशबाट इन्द्रराज भट्टराई(गोरखा) उपाध्यक्षमा निर्वाचित भएकाछन् ।

प्रदेश नम्बर ४ बाट झपेन्द्र क्षेत्री(बाग्लुङ), ५ बाट मानबहादुर पाण्डेअर्घाखाची) र ७ नम्बर प्रदेशबाट कृष्णदत्त जोशी(कञ्चनपुर) निर्वाचित भएका छन् ।

सम्मेलनले महासचिवमा निमबहादुर केसी(सल्यान) निर्वाचित गरेको छ । अर्थ उपमहासचिवमा कुलप्रसाद खतिवडा(ओखलढुंगा) र उपमहासचिवमा शान्ति ढकाल(सुर्खेत) निर्वाचित हुँदा सचिवहरुमा पुष्प न्यौपाने(काठमाडौं), सुशिला भट्टराई (बर्दिया) निर्वाचन भएका छन् ।
संगठनका अनुसार सातै प्रदेश स्तरीय कमीटीका अध्यक्षहरु केन्द्रिय कार्यसमितिमा सचिव सरह रहने छन् । यसअघि नै प्रदेश स्तरीय सम्मेलनहरुबाट १ नम्बर प्रदेशमा राजु बस्नेत, २ नम्बरबाट भूपनारायण यादव, ३ नम्बरबाट दूर्गासिंह लामा निर्वाचित भइसकेका छन् । त्यस्तै, ४ नम्बर प्रदेशबाट सोमनाथ ढुंगाना, ५ नम्बरबाट मदन शर्मा, ६ नम्बर बाट रश्मीलाल चपाइ र ७ नम्बर प्रदेशबाट दलबहादुर कार्की अध्यक्षमा निर्वाचित भइसकेका नवनिर्वाचित उपाध्यक्ष ऋषिराम चापागाईले जानकारी दिए ।

फागुन ४, ५ र ६ मा सम्पन्न संगठनको पाँचौं राष्ट्रिय सम्मेलनले १३५ जनाको केन्द्रिय समिति मध्ये ९३ जना प्रत्यक्ष निर्वाचित गरेको छ भने बाँकी मनोनित हुनेछन् । यसअघि ४५१ सदस्यीय केन्द्रिय समिति रहेको संगठनमा पाँचौं सम्मेलनबाट १३५ मा झारिएको हो ।
अध्यक्षमा निर्वाचित भएसँगै अध्यक्ष शंकर अधिकारीले ६ महिना भित्र वामपन्थी शिक्षाको स्पष्ट खाका तयार गर्ने साथै, शैक्षिक गुणस्तरमा केन्द्रित रहँदै अघि बढ्ने प्रतिवद्धता जनाएका छन् ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *