पोखरा म्याराथनको उपाधि पुलिसका भूमिराज लाई

पोखरा, फागुन ७ । ‘१२ औं सफल पोखरा अन्तराष्ट्रिय म्याराथन’को उपाधि नेपाल पुलिसका भूमिराज राईले जितेका छन् । उनले निर्धारित दूरी २ घन्टा ३६ मिनेट ४२ सेकेण्डमा पूरा गरेका हुन् ।

त्यसैगरी आर्मीका हरिकुमार रिमाल दोस्रो भएका छन् । उनले निर्धारित दूरी २ घन्टा ३८ मिनेट ४६ सेकेण्डमा पूरा गरेका थिए । तेस्रो स्थान पनि आर्मी कै लालबहादुर थापाले हात पारेका छन् । उनले २ घन्टा ३९ मिनेट ४२ सेकेण्डमा दौड पूरा गरेका थिए । उनीहरुले पोखरा रंगशालाबाट सुरुभएको ४२ .१ किमीको म्याराथन दौड पुरागरेका हुन् । म्याराथनमा प्रथम हुनेले नगद ७० हजार दोश्रोले ४५ हजार र तेश्रोले ३० हजार चौथोले सान्त्वना रुवस्प नगद ५ हजार प्राप्त गरेका थिए ।

१० किलोमिटर पुरुष दौड तर्फ पनि नेपाल आर्मीको बर्चस्व कायर रह्यो । ३७ मिनेट ५३ सेकेण्डमा दौड पुरा गर्दै आर्मीका रामजी बस्नेत प्रथम भएका हुन् । ३८ मिनेट २० सेकेण्डमा पुरा गरेका कल्याण बानियाँ दोस्रो र ३८ मिनेट ४१ सेकेण्डले पछि पर्दै मिलन कार्कीले तेस्रो स्थान हासिल गरे ।

प्रतियोगिताका विजेताले १५ हजार, उपविजेताले १० हजार र तेस्रो हुनेले ५ हजार रुपैयाँ नगद पुरस्कार हात पारेका हुन् । ५ किलोमिटर छात्रा तर्फको दौडमा ललिता लामिछाने(लक्ष्मी आवासिय मावि, लेखनाथ), माधुरीदेवी कुर्मी (शहीद स्मृति विद्यालय, छिनेडाडाँ) र कृति थापा (शिशु कल्याण्ड सेकेण्डरी स्कुल) प्रथम, द्धितीय र तृतीय भएका छन् ।

त्यस्तै छात्र तर्फको प्रतिस्पर्धामा सागर श्रेष्ठ (जेसिज सेकेण्डरी स्कुल भक्तपुर), अनिष कार्की(ड्याफोडिल स्कुल) र मदन ओली(सृजना)ले क्रमश प्रथम, द्धितीय र तृतीय भएका छन् । दौडमा प्रथम हुनेले १० हजार, द्धितीय हुनेले ७ र तेस्रो हुनेले ४ हजार नगद पुरस्कार जितेका छन् ।

पोखरा रंगशालाबाट शुरु भएको दौड पोखरा लेखनाथ महानगरपालिकाको बजार क्षेत्र परिक्रमा गरी पोखरा रंगशालामा आएर टुंगिएको थियो । म्याराथनसँगै रन फर फनमा प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ तथा मेयर मानबहादुर जिसी समेत सहभागि थिए ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *