नेपालले आज घरेलु टोली युएईसँग पहिलो खेल खेल्दै

काठमाडौं, मंसिर २० ।  आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालले आज घरेलु टोली युएईसँग पहिलो खेल खेल्दैछ । च्याम्पियनसिपमा यसअघि नै ‘रेलिगेट’ हुँदै डिभिजन–२ मा घटुवा भइसकेका यी दुई टोलीबीचको भिडन्त प्रतिष्ठाका लागिमात्र हुनेछ ।

पारस खड्काको कप्तानीमा युएई गएको नेपाली टोलीले अमेरिका र केन्यासँग अभ्यास खेल खेलेको थियो । पारस खड्का, ज्ञानेन्द्र मल्ललगायतका प्रमुख खेलाडीलाई विश्राम दिएको नेपालले अमेरिकासँगको पहिलो अभ्यास खेलमा पराजय भोग्दा दोस्रो खेलमा केन्यालाई सहजै पराजित गरेको थियो । च्याम्पियनसिपमा नेपालले आगामी शुुक्रबार युएईसँगको दोस्रो खेल खेल्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *