सिंचाई कार्यालयले पोखरी बनाउने काममा अनियमिता गरेको खुलासा

चन्द्रनिगाहपुर,२२ असार/ जिल्ला सिंचाई कार्यालय गौरले जिल्लाको चन्द्रपुर नगरपालिका क्षेत्रका बिभिन्न स्थानमा बनाएको पोखरी कामै नलाग्ने भएको स्थानीयले बताएका छन् । जिल्ला सिंचाई कार्यालयले उपभोक्ता समिति मार्फत पोखरी खन्नु पर्नेमा आफैले पोखरी खनेर आर्थिक अनियमिता गरेको स्थानीय बासिन्दाले आरोप लगाएका छन् ।

चन्द्रपुर नगरपालिका २ जुडिबेलामा जिल्ला सिंचाई कार्यालयले खनेको पोखरी स्थानीय किसानका लागि उपयोग बिहिन भएको स्थानीय उपभोक्ताहरुले आरोप लगाएका छन् । जुडिबेलाको पुलामी टोलमा जिल्ला सिंचाई कार्यालय गौरका कर्मचारी आफै ठेकेदार बनेर बनाएको पोखरीको गहिराई नभएको ,पोखरी सिधा समेत नभएको पा“च कठा क्षेत्रफलमा गुणस्तरहिन भएको स्थानीय उपभोक्ताहरुले बताएका छन् । हरियाली समुदायीक वनको वन क्षेत्रमा खनिएको सो पोखरीको माटो नमिलेको ,पानीको निकास नभएको ,पानी हाल्ने ठाउ समेत नभएको स्थानीय उपभोक्ता उत्तम खड्काले बताए ।

जिल्ला सिंचाई कार्यालय गौरले सो पोखरी बनाउने काममा अनियमिता गरेको स्थानीयको भनाई रहेको छ । सो कार्यालयका कर्मचारीको चरम लापारवाहीका कारण उक्त पोखरीको माटो साना आकेशे पानीले बगाउन थालेको स्थानीय बासिन्दाले बताएका छन् ।

सो  बिषयमा जिल्ला सिंचाई कार्यालय गौरका प्रमुख अजित कुमार श्रीवास्तवसंग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन् सकेन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *