आज विश्व सिमसार दिवस, विभिन्न कार्यक्रम गरी मनाइदै

काठमाडौं, माघ १९ । आज विश्व सिमसार दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदैछ । यस वर्ष भविष्यका लागी सिमसार, दिगो जिविकोर्पाजनका लागी आधार भन्ने नारासहित दिवस मनाइने भएको छ ।

विश्वभरका करिब १ सय ६९ देशका करिब २ हजार २ सय २५ सिमसार क्षेत्रहरु रामसार सुचिमा सुचिकृत गरिएकामा नेपालका मात्रै ९ वटा क्षेत्रहरु रामसार सुचिमा सुचिकृत भएका छन् ।

महत्वपूर्ण सिमसारको विश्वस्तरमै सरक्षणगर्नका लागी सन् १९७१ मा रामसार महासन्धी स्थापना गरिएकोमा अहिले यो महासन्धीमा १६९ देशहरु सामेल भएका छन् । नेपाल भने औपचारीक रुपमा सन् १९८७ मा यस महासन्धीको सदस्य भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *