फातिमा फाउण्डेसन नेपालद्धारा उपमहानगर जनप्रतिनिधीलाइ सम्मान

नेपालगन्ज, असार  २७ । फातिमा फाउण्डेसन नेपाल बाँकेले नेपालगन्ज उपमहानगरपालिकाका जनप्रतिनिधीहरुलाइ सम्मान गरेको छ । आज एक कार्यक्रमको आयोजना गरी नेपालगन्ज उपमहानगरपालिकाका मेयर ,उपमेयर सहित २३ ओटा वडाका महिला जनप्रतिनिधिहरुलाई सम्मान गरिएको हो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले महिलालाई जिम्मेवारी बोध गराउन राज्यले शसक्त पहल गर्दै आएको बताउनुभयो । महिला आफै जिम्मेवार र दायित्व लिन सके अझ महिला अगाडी बढ्न सक्ने उहाँले बताउनुभयो ।

यस्तै नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगरले महिला उम्मेद्वारले आफुले पाएको जिम्मेवारी वहन गर्न सक्नु पर्ने दावी गर्नुभयो । कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थ , जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख प्रहरी उपरिक्षक टेक प्रसाद राइ, नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवल शम्शेर राणा, उपमेयर उमा थापा, राष्ट्रिय मानव अधिकार आयोगका क्षेत्रिय संयोजक मुरारी खरेल, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य झलक गैरे लगायत विभिन्न संघ संगठनका प्रतिनिधिको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *