पाख्रीवासमा धार्मिक दर्शनदेखि मनोरम दृष्य (भिडीयो सहित)

भदाै १६, धनकुटा । धनकुटा जिल्लाको पाख्रीवास नगरपालिका वडा नं ४ स्थितको पर्यटकीय स्थल श्री संसारीमाई पूजा सिमसार क्षेत्रको पदमार्गमा टायल विछ्याईएको छ । पर्यटकहरुलाई पदयात्रा गर्न सहज होस् भन्ने लक्ष्यका साथ संसारीमाईपूजा सिमसार क्षेत्र संरक्षण समितिको १ लाख र नगरपालिकावाट प्राप्त ३ लाख ६७ हजार गरी जम्मा ४ लाख ६७ हजार वरावरको लागतमा यो वर्ष करिव १ सय ८५ मिटर पदमार्गमा टायल विच्छ्याईएको हो ।

वर्षभरीको विभिन्न सिजनमा घुमफिर र वनभोजका लागि हजारौको संख्यामा आन्तरिक तथा वाह्य पर्यटकहरुको आउने सिमसार क्षेत्रको पदमार्गमा यो वर्ष १ सय ८५ मिटर लम्वाईमा मात्र टायल विछ्याईएको र आगामी दिनमा थप आर्थिक श्रोत जुटाउदै यो कामलाई निरन्तरता दिदै जाने लक्ष्य समितिले लिएको जनाइएको छ । पदमार्गमा टायल विछ्याउन शूरु गरिए सँगै अव यहाँ आउने पर्यटकहरुले सहज रुपमा पदमार्ग यात्रा गर्न पाउने अपेक्षा समेत गरिएको छ ।

यो सिमसार क्षेत्रमा आउने पर्यटकहरुले एकै ठाउँमा सिमसार क्षेत्र, चिया बगान, विभिन्न फलफूलका नर्सरीको दृष्य अवलोकन गरी मनोरञ्जन लिदै आएका छन् । पर्यटकीय स्थल धनकुटाको पाख्रीवास नगरपालिका वडा नं ४ स्थितको श्री संसारी माईपूजा सिमसार क्षेत्रमा अब पर्यटकहरुले धार्मिक स्थलको पनि दर्शन गर्न पाउने भएका छन् ।

श्री संसारी माईपूजा सिमसार क्षेत्र संरक्षण समितिको पहलमा पूर्वाञ्चलकै अग्लो गौतम वुद्धको मूर्ति निर्माण गरिएसँगै पर्यटकहरुले धार्मिक स्थलको दर्शन गर्न पाउने भएका हुन् । यस अघि यहाँ घुम्न आउने पर्यटकहरुले सिमसार, पोखरी, चिया बगान र विभिन्न जातका विरुवा उत्पादन एवम् विक्रि वितरण गरिने नर्सरीको मात्र दृष्य अवलोकल गर्दै पीकनीक खान र रमाउन पाउथे । भने, अब वुद्धको मूर्ति समेत बनेपछि धार्मिक दर्शन समेत गर्न पाउने छन् ।

https://youtu.be/5LRBXnj20bU

धनकुटा खबरको सहयोगमा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *