सर्लाही ४ मा अमरेश अगाडी
मकालु खबर
२०७४ जेठ १५ गते
मंसिर २६, काठमाडौं । विवादका कारण आइतबार रातिदेखि स्थगित भएको सर्लाही ४ को मतगणना मंगलबार बिहान सुरू भएसँगै नेपाली कांग्रेसका अमरेश कुमार सिंहले १८ हजार २ सय ३० मत ल्याएर अग्रता लिएका छन्।
उनलाई सुरूदेखिनै उछिनरहेका राजपाका राकेशकुमार मिश्रले १७७५२ मत ल्याएर ४८७ मतले पछि परेका हुन्।
एउटा बुथमा धेरै मत खसेको र मतपेटिकामा चारवटा मात्र सिलबन्दी गरिएको भन्दै त्यहाँ विवाद उत्पन्न भएको थियो। विवाद बढ्दै सोमबार जाँदा दुई पक्षबीच झडपसमेत भएको थियो।
निर्वाचन अधिकृत टेकेन्द्रप्रसाद सुवेदीका अनुसार ९२ हजार ५ सय ४३ मतदाता रहेको यो क्षेत्रमा ४१११९ मत गनिइसकेको छ।
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित