स्वयम्सेवी दस्ता उत्पादन गर्न सेनाको क्याडेट तालिम प्रारम्भ

बैतडी, २२ असार । नेपाली सेनाको बैतडीमा राष्ट्रिय सेवा दल (एनसिसी) तालिम प्रारम्भ भएको छ । बैतडीका दुई विद्यालयमा सञ्चालन भएको तालिममा ७२ जना विद्यार्थीको सहभागिता रहेको छ ।

दशरथचन्द नगरपालिका–८ मा रहेको जगदम्बा मावि, रानीबुङ्गा र दशरथचन्द नगरपालिका–५ मा रहेको दशरथचन्द मावि, सुन्दरखालीमा बुधबारदेखि उक्त तालिम प्रारम्भ भएको हो । प्रारम्भिक चरणमा दुवै विद्यालयका ३६/३६ जना छात्रछात्रा छनौट गरी ७९ दिनको संस्थागत तालिम र त्यसपश्चात् २१ दिनको वार्षिक सामूहिक क्याम्प २१ दिनको तालिम सञ्चालन गरिने उहाँले बताउनुभयो । ७९ दिनको संस्थागत तालिम बैतडीमै सञ्चालन हुने र २१ दिनको वार्षिक सामूहिक क्याम्प कोहलपुरमा सञ्चालन हुने बताइएको छ ।

सैनिक–नागरिक सम्बन्धको पाटो र युवा वर्गमा व्यक्तित्व विकास तथा क्षमता अभिवृद्घि गरी असल नागरिक बनाई राष्ट्र विकासमा सहयोग गर्ने तालिमको उद्देश्य रहेको छ । तालिमको प्रारम्भ शत्रुमर्दन गुल्म बैतडीका गुल्मपति सेनानी उज्वल बानियाँले गर्नुभएको थियो । गत वर्ष यो तालिम बैतडीको शाहिलेकमा रहेको वीरेन्द्र माविका विद्यार्थीलाई दिइएको थियो । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *