भ्रष्टाचार अभियोगमा दक्षिण कोरियाली पूर्वराष्ट्रपति पार्कका साथीलाई २० वर्ष जेल सजाय
२०७४ जेठ १५ गते

“
सोल, १ फागुन । दक्षिण कोरियाको एक अदालतले पूर्व राष्ट्रपति पार्क ग्युन हेका नजिकका साथीलाई २० बर्षको जेल सजाय हुनेगरी मङ्गलबार निर्णय सुनाएको छ ।
दक्षिण कोरियाको महाभियोग लगाउने संसदको निर्णयलाई यहाँको अदालतले सदर गरेको दुई दिनपछि राष्ट्रपतिबाट पदच्युत गरिएकी पार्कका साथी चोइ सुन सिलले पार्कलाई लामो समयसम्म सघाएका थिए ।
चोईलाई हिरासतमा लिएको १५ महिनापछि उनीमाथि लागेको राष्ट्रपतिलाई प्रभावमा पारी आर्थिक अपचलन तथा भ्रष्टाचार गरेको आरोपलाई पुष्टि गर्दै २० बर्षको जेल सजाय सुनाएको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । रासस
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








