बेसीशहर पहिरो बम ब्लास्टिङ गरेर हटाइयो
मकालु खबर
२०७४ जेठ १५ गते
लमजुङ, भदौ २४ । लमजुङ–मनाङ सडकखण्डमा झरेको पहिरो बम विष्फोटन गरी हटाइएको छ । एक्साभेटरले हटाउन नसकेको पहिरो सात दिनपछि आज विष्फोटन गरेर हटाइएको हो । नेपाली सेनाको श्रीजंग गणको नेतृत्वमा प्राविधिक टोलीले बम ब्लास्ट गरेको हो ।
२० वटा बम ब्लास्ट गरेर पहिरो हटाइएको प्रहरी नायब उपरीक्षक पदमबहादुर विष्टले जानकारी दिए । मस्र्याङ्दी गाउँपालिका–३ खुदीको अर्खलेमा सात दिनअघि ठूलो चट्टानसहितको पहिरो झरेको थियो ।
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित