गजल
२०७४ जेठ १५ गते

“
जिन्दगीको किनारमा आफ्नै चितालाई देखेँ
निदरीमा पनि आफ्नै बितेका पितालाई देखेँ
धरती छोड्ने लक्षण हो या अमर हुने संकेत
आफू वरिपरि घेरिएको वेग्लै रमितालाई देखेँ
फोहोरहरू छिचोल्दै शान्तले बगिरहेकी उनी
ढलमै पनि बाग्मतीको शालिनतालाई देखेँ
सहन सिक्नै पर्ने हो हामीले प्रकृतिसँग पनि
यहाँ जताततै मानवीय अश्लिलतालाई देखेँ
थाहा छैन विदेशी संस्कृति बढ्यो कसरी ?
कठै १ नेपाल आमाको सहनशिलतालाई देखेँ
नेपालीको बेग्लै छ शान बेग्लै छ पहिचान
लडाइँको भूमिमा वीरहरुको वीरतालाई देखेँ
विकासका लागि नभइनहुने शान्ति रहेछ
शाश्वत दर्शन शान्तिको स्थिरतालाई देखेँ
असल शाषक भए हरेक शाषन सभ्य हुनेछ
सत्ताको नयाँ संस्करण संघियतालाई देखेँ ।”
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








