टिप्परले लियो विद्यार्थीको ज्यान

पुस ९, पोखरा । सवारी दुर्घटनामा परी पोखरामा एक बिद्यार्थीको मृत्यु भएको छ । पोखरा लेखनाथ महानगरपालिका १९ स्थित भारती भवन माविमा अध्ययनरत १३ बर्षिय सबिन बाँस्तोलाको सवारी दुर्घटनामा परी मृत्यु भएको छ ।

पुरुन्चौरका सबिन कक्षा ७ मा अध्ययनरत बिद्यार्थी हुन भने उनी काउरेबाट आफ्नो दाजुलाई खाना सहित शिक्षक सुदिप बास्तोलासंग लिफ्ट मागेर बिद्यालय आउदै गर्दा मोटरसाकलबाट लडि सडकमा पछारिएका उनीलाइ टिप्परले किच्दा मृत्यु भएको बिद्यालयका प्राचार्य गोविन्द्र प्रसाद काफ्लेले बताए । आफ्ना दाजु कक्षा १० मा अध्ययनरत भएकोले गर्दा उनीले दाजुको लागि टिफिन सहित अर्कोको लिफ्ट मागेर बिद्यालय जादै गर्दा मुत्यु भएको हो ।

पुरुन्चौरको पाल्ले भन्ने मोडको सडकमा मोटरसाईकल एक्कासी लड्न पुग्दा पोखराबाट पुरुन्चौर तर्फ जादै गरेको ना ६ ख ९००५ नम्बरको टिप्परले बिद्यार्थीलाई किचेको हो । ग ७ प ७९७५ नम्मरको मोटरसाइकलमा सवार भएका बिद्यार्थी बास्तोलाको आज ९आईतबार० बिहान करिब ९ः४० बजे दुर्घटनामा परे पछि उनको फिस्टेल हस्पतालमा ल्याए पछि अस्पतालले मृत घोषणा गरेको हो । उनको शव हाल पोष्टमाटमको लागि पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा राखिएको छ। मकवानपुर घर भएका २९ बर्षीय टिप्पर चालक राजकुमार अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *