निर्वाचन आयोगद्वारा चारओटै सुरक्षा निकायका प्रतिनिधिसँग छलफल

काठमाडौं, असोज २६ । निर्वाचन आयोगले आगामी मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षाबारे चारओटै सुरक्षा निकायका प्रतिनिधिसँग छलफल गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको पहलमा बिहीबार भएको छलफलमा निर्वाचन आयोगका पदाधिकारीले मतदाता, निर्वाचन सामग्री र कर्मचारीलगायत सम्पूर्ण प्रक्रियाको सुरक्षा प्रत्याभूति दिलाउन सुरक्षा अधिकारीहरुसँग आग्रह गरेका थिए ।

आयोगका प्रवक्ता नवराज ढकालले निर्वाचनका लागि सुरक्षाको वातावरण बनाउने र सुरक्षा प्रत्याभूति दिने काम सरकारको भएको भन्दै निर्वाचन आयोगले सुझावमात्र दिने बताए ।

छलफलमा गृहसचिव लोकदर्शन रेग्मीको नेतृत्वमा रहेको सुरक्षा अधिकारीको प्रतिनिधिमन्डलले निर्वाचन सुरक्षाको योजना तयार भइसकेको र अघिल्ला निर्वाचनजस्तै सुरक्षामा कुनै सम्झौता नहुने बताएका थिए ।

स्रोतका अनुसार निर्वाचन आयोगले आगामी निर्वाचनमा २ लाख ७२ हजार सुरक्षाकर्मीको व्यवस्था गर्न प्रस्ताव गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *