म्याग्दी ३ सिट नै बाम गठबन्धनको कब्जामा

पोखरा । पहिलो चरण अन्तरगत मंसिर १० मा निर्वाचन सम्पन्न भएको म्याग्दीमा सवै सिट बामगठबन्धनले जीतेको छ। प्रतिनिधी सभा सदस्यको निर्बाचनमा नेकपा (एमाले) का उम्मेदवार भुपेन्द्रबहादुर थापा बिजयी भएका छन्। उनले २३ हजार ३०८ मत ल्याएर बिजयी भएका हुन् । थापाका निकट्तम प्रतिद्वन्दी नेपाली कांग्रेसका खमबहादुर गर्बुजाले २० हजार ९ सय ८० प्राप्त गरेका छन् ।

 

त्यसैगरी प्रदेश सभा सदस्यमा क्षेत्र नंम्वर १ बाट नेकपा माओबादी केन्द्रका उम्मेदवार बिनोद केसी निर्वाचित भएका छन्। उनले १४ हजार ७ सय ४ मत पाएर बिजयी भएका छन् । उनका निकट्तम प्रतिद्वन्दी राप्रपाका भिमप्रसाद गौचनले १२ हजार १ सय ७५ मत प्राप्त गरेका थिए ।

प्रदेश सभा सदस्यमा प्रदेशको क्षेत्र नंम्वर २ बाट नेकपा (एमाले) का उम्मेदवार नरदेवी पुनले १० हजार ८ सय ७२ मत ल्याएर बिजयी भएकी छने। उनलका निकट्तम प्रतिद्वन्दी नेपाली कांग्रेसका अमलाल फगामीले ७ हजार ९ सय ९० मत प्राप्त गरेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *