प्रदेश ४ को मुख्यमन्त्रीमा पृथ्वी सुब्बा नियुक्त

“पोखरा, माघ २९ । एमाले प्रदेशसभा संसदीय दलका नेता पृथ्वी सुब्बा गुरुङ प्रदेश ४ को मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश प्रमुख बाबुराम कुँवरले सोमबार गुरुङलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । गुरुङ आइतबार मात्र दलको नेता चुनिएका थिए ।
६० सदस्यीय प्रदेशसभामा एमालेको २७ सांसद छन् । माओवादी केन्द्रको पनि समर्थन भएपछि गुरुङ मुख्यमन्त्री बनेका हुन् ।
गुरुङले पर्सि मुख्यमन्त्रीको सपथ लिनेछन् ।
तीन सदस्यीय मन्त्रिपरिषद् गठन
मकवानपुर– यता, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । माओवादी केन्द्रबाट शालिकराम जम्मरकट्टेल र एमालेबाट केशव स्थापित मन्त्री बनेका छन् । जम्मरकट्टेलले प्रदेशको गृह मन्त्रालय मानिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालय सम्हाल्नेछन् भने स्थापित भौतिक पूर्वाधार मन्त्री बनेका छन् ।
उनीहरु दुबै जनालाई सोमबार प्रदेश प्रमुख अनुराधा कोइरालाले सपथ ग्रहण गराएकी छन् । आन्तरिम मामिला मन्त्रालय नपाएपछि जम्मरकट्टेलले सरकारमा जान आनाकानी गरेका थिए ।
तर, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच छलफल भएपछि सहमति जुटेको छ । वार्ता लगतै प्रचण्डले प्रदेशसभा संसदीय दलका नेता जम्मरकट्टेललाई फोन गरेर सरकारमा सहभागी हुन निर्देशन दिएका थिए ।”








