अबैध अन्तर्राष्ट्रिय कल बाईपास संचालन गर्ने पक्राउ

ललितपुर / ललितपुर महानगरपालिका–८ बालकुमारी भोलढोकास्थित शान्ति श्रेष्ठको घरमा डेराकोठा लिई अवैध अन्तर्राष्ट्रिय कल बाइपास संचालन गरिरहेको अबस्थामा मकवानपुर, हेटौंडा उपमहानगरपालिका–७ चिसापानीका ३३ वर्षीय शम्भु रिसाललाई उक्त कार्यमा प्रयोग भएका उपकरणसहित प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरोको प्रहरीले आइतबार पक्राउ गरेको छ ।

बरामद उपकरणहरुमा १६ पोर्टको भिओआइपी गेटवे डिभाइस १ थान, ल्यापटप १ थान, अप्टिकल मोडेम १ थान र मोवाइल २ थान रहेका छन् । साथै रिसाललाई अबैध कल बाइपास संचालन गर्ने कार्यमा उपकरणहरु उपलब्ध गराउने, जडान गरिदिने, सिमकार्डहरु व्यवस्थापन गर्ने, रकम जुटाइदिने लगायतका काममा सहयोग गर्ने काभ्रेपलाञ्चोक, रोशी गाउँपालिका–३ शिखर अम्बोटे बस्ने ३१ वर्षीय राजाराम श्रेष्ठ र काभ्रेपलाञ्चोक, रोशी गाउँपालिका–७ कटुन्जे बस्ने १९ वर्षीय मिलन तामाङलाई समेत सोमबार विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको छ ।

ललितपुर जिल्ला अदालतबाट म्याद लिई उनीहरु उपर दूरसंचार ऐन, २०५३ बमोजिम अनुसन्धान कार्य भइरहेको ब्यूरोले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *