नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक अन्सारी एमालेमा

२९ जेठ, वीरगञ्ज । नेशनल मेडिकल कलेज वीरगञ्जका प्रबन्ध निर्देशक बसरुद्धिन अन्सारी नेकपा एमालेमा प्रवेश गरेका छन् । वीरगन्ज महानगरपालिकाको मेयर उम्मेदवार बन्ने सर्तमा अन्सारी आज नेकपा एमालेमा प्रवेश गरेका छन् ।
सोमबार वीरगञ्जमा आयोजित एक कार्यक्रमबिच अन्सारीलाई एमालेका २ नम्बर प्रदेश संयोजक सत्यनारायण मण्डल, नेताहरू रघुवीर महासेठ, नागेन्द्र चौधरी लगायतले स्वागत गरेका थिए ।

दोस्रो संविधानसभा निर्वाचनमा माओवादी केन्द्रबाट उम्मेदवार समेत भइसकेको अन्सारीको एमाले प्रवेशले माओवादीलाई धक्का लागेको छ ।
अन्सारीको प्रवेशसँगै वीरगञ्जमा एमाले बलियो स्थितिमा पुगेको छ । मधेसका विषयमा एमाले कठोर बनिरहेको अवस्थामा अन्सारीको प्रवेश महव्तपूर्ण भएको एक एमाले नेताले बताए ।

वीरगञ्जको चुनावी प्रतिस्पर्धामा काँग्रेस र मधेसवादी दलभन्दा पछाडि रहेको एमाले अन्सारीको प्रवेशसँगै सशक्त बनेको छ । अन्सारी अघि एमालेले वीरगञ्जको मेयरमा सुन्दर कुर्मीलाई उठाउने तयारी गरेको थियो । तर, अन्सारीको प्रवेशसँगै कुर्मी पछि हटेका छन् । मधेस आन्दोलनपछि मधेसमा एमालेको जनाधार कमजोर बन्दै गएको अवस्थामा अन्सारीलाई उठाउँदा मजबुत हुने अपेक्षा गरिएको छ ।

अन्सारीले वीरगञ्जका मुस्लिम समुदायको मत तान्ने अपेक्षा एमालेले गरेको छ । वीरगञ्ज महानगरपालिकाको वडा नम्बर १, २ र ३ मा मुस्लिम मतदाताको बाहुल्यता छ ।

एमाले प्रवेश गरेसँगै स्थानीय तहको विकास गर्न जनता

आफैँ अघि सर्नुपर्ने देखिएकोले एमालेमा प्रवेश गरेको बताए । विगतमा माओवादीले आफ्ना एजेण्डालाई ग्रहण गर्न नसकेपछि वीरगञ्जको विकासका लागि एमालेबाट आफ्नो उम्मेदवारी हुने उनको तर्क छ । ‘अहिलेसम्म हामीलाई अनपढ, कुनै एजेण्डा नभएकाले शासन गरे । अब आफ्नो ठाउँको विकास गर्न र वीरगञ्ज महानगरपालिकालाई सबै क्षेत्रबाट उत्कृष्ठ बनाउन मैले यो निर्णय लिएको हुँ ।’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *