कोहलपुर नगरपालिकामा एमालेको प्यानल नै विजयी

नेपालगंज साउन ५ । कोहलपुर नगरपालिकामा आज भएको निर्वाचनबाट नगर कार्यपालिकामा एमालेको प्यानल नै विजयी भएको छ ।

आज भएको निर्वाचनबाट ५ महिला सदस्यमा गीता सुनार्नी, लिला पाण्डे, शान्ति सुनार्नी, कल्पना अधिकारी, नारायणी वली विजयी हुनुभएको छ भने यस्तै दलित र अल्पसंख्यक तर्फ दयाराम विक, हिम कार्की र दिल बहादुर परियार निर्वाचित हुनु भएको छ । ८ सदस्सिय समितिका लागि आज भएको निर्वाचनमा ७७ मत खसेको छ ।

एमालेको प्यानलतर्फ ४० मत प्राप्त गरेका थिए भने नेपाली कांग्रेस र माओवादी केन्द्रको प्यानलबले ३७ मत प्राप्त गरेका थिए भने उक्त मतदानमा कुनै पनि मत बदर भएन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *