हात्तीको आक्रमणबाट उदयपुरमा एककाे मृत्यु

उदयपुर, साउन ६ । हात्तीको आक्रमणबाट आज उदयपुर बेलका नगरपालिका– ३ का ५८ वर्षीय रामबहादुर मगरको मृत्यु भएको छ । कोशीटप्पु हुँदै बेलका जंगलबाट आएका जोडी हात्तीले आज बिहान आक्रमण गर्दा उनको घट्नास्थलमै मृत्यु भएको हो । आफ्नो घर वाहिर खाटमा सुतिरहेका मगरलाई आज बिहान ४ बजे आएको जोडी हात्तीले ओछ्यानमै आक्रमण गर्दा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक सुवास राईले बताउनुभयो ।

मृत मगरको शव परीक्षणका लागि सुनसरी स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लगिएको पनि उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *