भ्यालेन्टाइन डे मनाउन यी हुन सक्छन् उपत्यका नजिकका डेटिङ स्पटहरु

काठमाडौं, माघ २८ । भ्यालेन्टाईन डे अर्थात ‘प्रेम दिवस’ नजिक आउँदैछ । यद्यपि, प्रेमी–प्रेमिका ढुक्क भएर रमाउने उपयुक्त स्थान भने नपाइएको जोडीहरुको गुनासो छ । सम्भावना भएका ठाउँहरु थुप्रै भएपनि निर्धक्कसाथ प्रेमी–प्रेमीले आपसमा रमाइलो गर्दै बिताउने व्यवस्थित ठाउँ भने पाउँन मुस्किल छ । झन भ्यालेन्टाइन डेमा रमणीय स्थल घुमेर आनन्द लिनुको मजा बेग्लै हुन्छ । यस दिन विशेष गरी जोडीहरुका निम्ती सुनसान र एकान्त पार्कहरु, हरियाली डाँडाहरु डेटिङ डेस्टिनेसन काठमाडौं भित्र र आसपासका क्षेत्रमा प्रशस्त छन् ।

गोदावरी
प्रेम जोडीका लागि प्रेम ब्यक्त गर्ने उत्तम गन्तब्य हो गोदावरी । जहाँ प्राकृतिक सौन्दर्यतामा रमाउन चाहनेका लागि यो एउटा उत्तम ठाउँको रुपमा लिईन्छ ।

यहाँ माया साट्नेहरुको भिड हुन्छ । त्यसो त पिकनिक र पारिवारिक रिफ्रेसका लागि पनि गोदावरी पुग्नेहरु थुप्रै भेटिन्छन् । गोदावरीस्थित बोटानिकल गार्डेन आजकल धेरै प्रेमजोडीका निम्ति आकर्षक गन्तव्य बनेको छ । फूल, बगैंचा र जंगलले घेरिएको यो स्थान प्राकृतिक सौन्दर्ययुक्त छ।

भोटेचौर

कुनै विशेष दिनमा मात्रै होइन, भोटेचौरमा जहिले पनि घुम्न र रमाइलो गर्न जानेको संख्या बढ्दो छ । सिन्धुपाल्चोकको भोटेचौर गाविसमा रहेको चियाबगानले जो कोहीलाई पनि आकर्षित गर्छ । ‘मिनी इलाम’ को रूपमा पनि चिनिने भोटेचौर काठमाडौंबाट नजिक पनि छ । काठमाडौंको चाबहिलबाट करिब ३५ किलोमिटरको दूरीमा रहेको भोटेचौर प्राकृतिक सुन्दरताले जति भरिपूर्ण छ, त्यति नै रोमान्टिक पनि छ ।

सुन्दरीजल

सुन्दरीजल प्रेम जोडीहरूको लागि कुनै नौलो ठाउँ होइन सुन्दरीजल । शिवपुरी–नागार्जुन निकुञ्ज क्षेत्रको जंगलको बीचमा छ यो । जहाँको खोल्साबाट बगेको पानी छ्याप्दै आफ्नो प्रेमीरप्रेमिकासँग भरपुर मनोरन्जन गर्न सकिन्छ । ५० रुपैयाँ शुल्क तिरेर टिकट लिएपछि सुन्दरीजलमा दिनभर आनन्दले बस्न पाइन्छ । काठमाडौं १६ किलोमिटर टाढा छ सुन्दरीजल ।

ककनी

डेटिङ स्पटको रुपमा चिनिने चर्चित ठाँउ हो नुवाकोट जिल्लामा पर्ने ककनी जसलाई काठमाडौं नजिकैको पर्यटकीय स्थलको रुपमा लिईन्छ । ट्राउट माछाको स्वादसँगै मायाँको स्वादमा लिन चाहनेका लागि यो ठाउँ उत्तम हुन सक्छ । ककनी स्टेबरी र ट्राउन माछाले प्रख्यात मानिन्छ । काठमाडौंको माछापोखरीबाट बस चढेर २० किलोमिटर यात्रा गरेपछि ककनी पुग्न सकिन्छ । एकै दिनमा फर्केर अउन सकिने यहाँ स–साना उद्यान तथा हरियाली डाँडाहरु छन् । बासका लागी पनि सुविधायुक्त होटहरु छन् । हरियाली वातावरण भएको ककनी धेरैको रोजाइमा पर्न सक्ने ‘पर्यटकीय हब’ हो ।

त्रिभुवन पार्क


थानकोट स्थित त्रिभुवन पार्क पिकनिक स्पटसंगै डेटिङ स्पटका रुपमा चिनिन थालेको एक चर्चित थलो हो । हरियाली जंंगलभित्रका स(साना बगैंचा र चराचुरुङ्गीको चिर्बिर(चिर्बिर आवाजले प्रेम जोडीहरूलाई आमन्त्रण गरिरहेका आभास हुन्छ । साथीभाईहरुसँग जमघट गरेर पिकनिक गर्ने र टुगेदरनेसलाई सोसलाइज गर्नका लागि यो पार्क उपयुक्त छ। यो पार्क शान्त र हरियाली वातावरणमा भएकाले पिकनिकका लागि पनि प्रख्यात छ । कलंकीबाट करिब ६ किलोमिटर पश्चिममा रहेको पार्क प्रवेश गर्न विद्यार्थी र अन्यलाई फरक–फरक शुल्क निर्धारण गरिएको छ । पार्क सुनसान र रमणीय भएकाले जोडीहरुले भ्यालेन्टाइन स्पटका रुपमा छनोट गर्न सक्छन् ।

सदर चिडियाखाना
जनावर तथा पंक्षीको अवलोकन मात्र होइन डेटिङका लागि ललितपुर जावलाखेलमा रहेको सदर चिडियाखाना रोज्नेहरुको संख्या पनि धेरै छ । शितल र रमणीय स्थल भएकाले धेरै जोडीहरुले चिडियाखानालाई डेटिङको गन्तब्य बनाउने गरेका छन् । यहाँ रहेको पोखरी किनार र सँगै रहेका खलकुद स्थानहरुमा जोडी भुलिने गर्छन ।

सेतो गुम्बा


काठमाडौंको रामकोट-८ डाँडा गाउँमा रहेको सेतो गुम्बा शान्त वातावरण भएको वाइट गुम्बा जोडीहरुका लागि मन भूल्याउने उपयुक्त स्थान हो । डुक अमिताभा माउण्टेन नामाकरण गरिएको वाइट अर्थात सेतो गुम्बा धेरै प्रेमजोडीहरुले रोज्ने गर्छन । यहाँबाट काठमाडौं उपत्यकाको रमणीय दृश्यावलोकन गर्न सकिन्छ । स्वयम्भु वा सितापाइलाबाट डेढ घण्टा हिंडेर गुम्बामा पुग्न सकिन्छ । रमणीय बगैंचा र हरियाली डाँडाहरुमा रमाउन खुबै मजा आउँछ ।

नगरकोट

काठमाडौंबाट करिव ३५ किमीको दुरीमा रहेको यो ठाउँ प्राकृतिक रुपले समेत सुन्दर छ त्यसैले पनि धेरेको रोजाईमा पर्ने गरेको छ नगरकोट । राजधानीको भीडलाई छलेर अनगिन्ती जोडी बाइकमा बत्तिँदै नगरकोट पुग्छन् । त्यहाँको प्राकृतिक सौन्दर्यले प्रेममय मनलाई छताछुल्ल बनाइदिन्छ ।

मनोरम हिम श्रृंखलाले तपाइको जोडीलाई थप प्रेमभास दिलाउछ । सूर्योदय र सूर्यास्तको दृश्यावलोकन गर्न पाउनु त्यहाँका थप आकर्षण हुन्। आसपासका दृश्य हेर्न त्यहाँ भ्यू टावर बनाइएको छ। नगरकोटमा स्तरीय रिसोर्टको कमी छैन भने जलपादेवी, कालीदेवी, महादेव कुण्डजस्ता देवस्थल पनि छन् ।

चोभार
भ्यालेन्टाइनमा मात्र नभई अन्य दिन पनि डेटिङको गन्तब्य हो चोभार । काठमाडौं बल्खुबाट करिब साढे चार किलोमिटर दक्षिण क्षेत्रमा रहेको चोभारबाट काठमाडौं सहरको सुन्दर दृश्य र हिमाल पनि अवलोकन गर्न सकिन्छ ।


जोडीलाई लुकिछिपी माया साटासाट गर्न यहाँ प्रशस्त स्थानहरु छ । चलचित्र तथा म्युजिक भिडियोका छायांकनका लागि प्रख्याती कमाएको यो स्थान सुनसान र एकान्त छ ।

चिसापानी
नुवाकोट, सिन्धुपाल्चोक र काठमाडौंको संगमस्थल चिसापानी पुग्न सुन्दरीजलबाट करिब सात घण्टा हाइकिङ गरेर पुग्न सकिन्छ ।

घना जंगल र तामाङ बस्तीहरुको अवलोकन गर्दै सात घण्टा यात्रा गर्दाको मजा बेग्लै हुन्छ । शिवपुरी निकुञ्जमा टिकट काटेर जंगल र बस्ती छिचोल्दै चिसापानी डाँडामा पुग्न सकिन्छ । गौरीशंकर, लाङटाङ हिमालको मजाले दृश्यावलोकन गर्न सकिने यहाँ बाट एकैदिनमा पनि काठमाडौं फर्कन सकिन्छ । एकरात बास बस्ने हो भने सुविधायुक्त होटलहरु छन् । हाइकिङ गर्दै भ्यालेन्टाइनलाई स्मरणीय बनाउन चिसापानी अब्बल गन्तव्य हो ।

इन्द्र सरोबर


घुम्नका लागी उपयुक्त स्थान विद्युत उत्पादन गर्न पानी भरिएको मकवानपुरको इन्द्र सरोबर (कुलेखानी) जोडीहरुले रोज्ने गन्तब्य हो । तालमा काठका डुंगा सयर गरेर रमाउन जोडीहरु यहाँ पुग्छन । निजी गाडी वा वाइकमा प्रेम जोडी वा दम्पत्तीहरु पुग्ने गर्छन । माछाका परिकारहरु खानका लागी धेरैको रोजाइमा कुलेखानी पर्छ । काठमाडौंबाट फर्पिङ हुँदै ४५ मिलोमिटर वा सिस्नेरीबाट ५५ किलोमिटर यात्रापछि कुलेखानी पुगिन्छ ।

स्वप्न बगैंचा


पर्यटकीय क्षेत्र ठमेलमा एउटा ऐतिहाँसक र सुविधासम्पन्न पार्क छ गार्डेन अफ ड्रिम अर्थात स्वप्न बगैंचा । यो उपत्यका भित्रको चर्चित डेटिङ स्पटमध्येको एक हो । सुन्दर र आकर्षक बस्ने ठाउँ, माछा पोखरी, बगैंचा, सुविधा सम्पन्न क्याफे रहेको बगैंचा केशरमहलसँगै रहेको छ । विदेशीहरुको रोजाइमा पर्ने बगैंचा नेपालीहरुको पनि उत्तिनै भिड लाग्छ । यो स्थान जोडीहरुका लागि उचित गन्तब्यमा पर्ने गर्छ । सामान्यतः यहाँ प्रवेश गर्न एकसय रुपैंया शुल्क निर्धारण गरिएको छ ।

भृकुटी मण्डप पार्क


भृकुटी मण्डप सँगै रहेको पार्क जोडीहरुका लागि उपयुक्त जक्सनका रुपमा चर्चित छ । विशेष गरी व्यावसायीक प्रदर्शनीका रुपमा चिनिएको भृकुटी मण्डप डेटिङको लागि पनि रोजाईमा पर्ने गरेको छ ।

धुलिखेल
धुलिखेल अर्को गन्तब्य हो जहाँ धेरै प्रेमिल जोडीहरु रोमान्समा व्यस्त हुन्छन । यो ठाउँ डेटिङका लागि पर्याप्त पूर्वाधारका साथै मनोरम दृश्यले भरिपूर्ण छ । मोटरसाइकलमा जाने दूरीमा भएकाले यो ठाउँ एसेसिबल छ।

सुन्दरीजल

नाम जस्तै सुन्दर छ यो ठाउँ । त्यसो त प्रेमिल जोडीहरुका लागि यो ‘फर्स्ट च्वाइस’ डेटिङ स्पट बन्ने गरेको छ । मनोरम दृश्यले प्रेमिल मनलाई थप सौन्दर्यता दिने गर्छ ।


यहाको वातावरणमा भरपुर आनन्द लिन सकिन्छ । प्रकृतिको रमणीय काखमा बसेर फोटो सेसन गर्न निकै उत्तम ठाउँ हो यो । भ्यालेन्टाइनमा यो ठाउ निकै ब्यस्त हुने गर्छ । राजधानीबाट करिब १५ किलोमिटर दुरीमा रहेको यो ठाउमा जानेहरूका लागि खान, बस्न र दिन बिताउनका लागी उचित सुबिधाहरु उपलब्ध छन ।

स्वयम्भु परिसर

बौद्ध धर्मावलम्बीको धार्मिक स्थल स्वयम्भु पनि डेटिङका रुपमा रोजिन्छ ।  धार्मिक स्थल परिसरका रमणीय स्थलहरु प्राय डेटिङ स्पटका रुपमा चिनिएका छन् । त्यसमध्ये काठमाडौं शहरभन्दा केही उच्च स्थानमा रहेको स्वयम्भु शहरको रमणीय दृश्यावलोकन साथै शितलतामा रमाउन सकिन्छ ।

बालाजुपार्क–तपोबन
बालाजु बाईपासमा रहेको बालाजुपार्क सांस्कृतिक धार्मिक महत्वको क्षेत्र हो। यद्यपी यहाँको पौडी पोखरी, पार्क र २२ धाराले यो स्थानलाई दिन बिताउन सकिने स्थल बनाएको छ।

बालाजु क्षेत्रमा रहेको तपोवन ध्यान, योगका लागि प्रसिद्ध स्थल हो। सिरियस सम्बन्धमा भएका व्यक्तिहरुका लागि यहाँको वातावरणले इनरजाइज गर्छ। त्यसो त यहाँको आध्यात्मिक वातावरणले सम्बन्ध र भावनालाई गम्भिर पनि बनाउँछ। यहाँको पार्क क्षेत्रको शान्त वातावरण गम्भिर कुराकानीका लागि उपयुक्त स्थल पनि हो।

ललितपुरको बज्रवाराही
यो ठाउँ अर्को डेटिङ स्पट हो । गुमनाम भएर छताछुल्ल मायाँ पोख्न चाहनेहरुका लागि उत्तम गन्तब्य हो बज्रबाराही । उपत्यकाका चार वाराहीमध्ये बज्रवाराही मन्दिरको बेग्लै महत्व छ । ललितपुरको चापागाउँमा पर्ने यो मन्दिरसम्म पुग्न ललितपुरको लगनखेल तथा जावलाखेलबाट सहजै गाडी पाइन्छ । प्राकृतिक रूपले सुन्दर हुनुका साथै ऐतिहासिक स्थलका रूपमा पनि यो मन्दिरको विशेष महत्त्व छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + seven =