संविधान संशोधनको विवाद निकालेर निर्वाचन बिथोल्न खोज्नु अराजक

असार १, २०७४- नेकपा (एमाले) स्थायी किमिटी बैठकले संविधान संशोधनको विषयलाई अगाडि सारेर निर्वाचन बिथोल्ने कार्य अराजनीतिक भएको निष्कर्ष निकालेको छ ।

केपी ओली निवास बालकोटमा बिहीबार बसेको स्थायी कमिटीको बैठकले संविधान संशोधनको विवाद निकालेर निर्वाचन बिथोल्ने कार्य नगर्न राजपालाई आग्रह गर्ने निर्णय गरेको एमाले सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताउनु भयो । संवैधानिक आयोगको सिफारिसमा बनेको स्थानीय तहको संख्या र सीमाङ्कनको आधारमा पहिलो चरणको निर्वाचन सम्पन्न भएको र दोस्रो चरणको निर्वाचनको सम्मुखमा आएर फेरि संख्या र सीमाङ्कन हेरफेर गर्ने कुरामा एमाले कुनै हालतमा सहमति हुन नसक्ने भट्टरार्इले बताउनु भयो ।

स्थानीय तहको संख्या थपघट तथा संविधान संशोधन गर्नुपर्ने भए पनि संसदीय निर्वाचनपछि संवैधानिक र कानुनी माध्यमबाट पुनर्विचार गर्न सकिने एमालेको धारणा रहेको भट्टरार्इले बताउनु भयो ।

बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाबाट निर्वाचन सार्ने र निर्वाचनलाई अन्योलतातर्फ धकेल्ने गरी आएको अभिव्यक्तिप्रति एमालेले चिन्ता व्यक्त गरेको छ र यस्ता भ्रमपूर्ण अभिव्यक्ति नदिन सरकारलाई आग्रह समेत गरेको छ ।

राजपाको आन्दोलनलाई देखाएर चार वटा प्रदेशको निर्वाचन सार्ने कार्य एमालेलाई कुनै हालतमा स्वीकार्य नहुने बैठकमा निर्णय भएको जानकारी दिँदै सचिव भट्टराईले असार १४ गतेकै निर्धारित मितिमा निर्वाचन हुनुपर्नेमा जोड दिनुभयो । राजपालाई निर्वाचनमा सहभागी गराउन संविधान संशोधन र स्थानीय तहको संख्या निर्धारणका विषयमा बाहेक अन्य विषयमा लचिलो हुन एमाले तयार रहेको उनको भनार्इ रहेको थियो ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *