एसियन क्लब प्रिमियर लिग : नेपालले बंगलादेशलार्इ ७ विकेटले हरायो

असार ७ – एसियन क्लब प्रिमियर लिग ट्वेन्टी ट्वेन्टी क्रिकेटमा नेपाल स्ट्रोमले बंगलादेश टाइगर्सलाई ७ विकेटले हराएको छ ।  त्रि वी क्रिेकट मैदान कीर्तिपुरमा बंगलादेशी टिमले दिएको १ सय ४९ रनको लक्ष्यले नेपाल स्ट्रोमले २० बल बाँकी छँदै ३ विकेट गुमाएर भेटायो । नेपाल स्ट्रोमका लागि भुपेन्द्र थापाले ३७ बलमा नट आउट ५१ रन बनाएका थिए । भने, दिशान्त यादवले ४६ रन बनाए ।

यसअघि त्रिवी मैदानमा पहिले ब्याटिङ गरेको बंगलादेश टागगर्सले १९ ओभर १ बलमा सबै विकेट गुमाएर १ सय ४८ रन बनाएको थियो । बुधबारको दोस्रो खेलमा अहिले श्रीलंकन लायन्स र दुवइ वारियर्स बीच खेल भैरहेको छ । प्रतियोगितामा भारत, श्रीलंका, बंगलादेश, अफगानिस्तान, दुवइ र नेपालका गरी ६ टिम छन् । प्रतियोगिताको विजेताले ४० लाख र उपविजेताले १६ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *