अाक्रमक प्रचारसगै जिल्लामा माओवादी केन्द्रले आफ्नाे उपस्थिती पुनरागमन गर्दै

असार १०, नेपालगन्ज । आक्रामक प्रचारमा माओवादी केन्द्रका उम्मेदवारहरु लागिपरेका छन् । अाक्रमक प्रचारसगै जिल्लामा माओवादी केन्द्रले आफ्नाे उपस्थिती पुनरागमन गर्ने सम्भावना बढ्दै गएको छ । पहिलो संविधानसभा चुनावमा उत्कृष्ठ नतिजा ल्याएको माओवादी दोस्रो संविधान सभामा जिल्लाका ४ वटै निर्वाचन क्षेत्रबाट पराजित भएको थियो । पराजित भएपनि निरन्तर जनताहरुको बिचमा रहँदै आएको माओवादी केन्द्र प्रति पछिल्लो समय झुकाव बढ्दै गएको छ । स्थानिय तहको निर्वाचनमा जिल्लाका ८ वटै तहमा उम्मेदवारी दर्ता गराएको केन्द्रले अधिकाशं स्थानमा राम्रो पकड स्थापित गर्न सफल भएको छ ।

नेपालगञ्ज उप–महानगरपालिकामा प्रतिष्ठित ब्यापारीलाई उम्मेदवार बनाएको केन्द्रप्रति ब्यापारीहरु एकमत देखिएका छन् । नेपालगञ्जका ब्यापारी, ब्यवसायीहरुका लागि सम्मानित छबि कायम राख्न सफल आचार्यको उम्मेदवारीले नयाँ तरङ्ग पैदा भएको छ । आचार्यको उम्मेदवारीले अन्य पार्टिका उम्मेदवारहरु कमजोर हुँदै गएको माओवादी केन्द्र बाँकेका संयोजक आई.पि. खरेलले बताए । अनुभवी र बोल्ड छबिका कारण आचार्यलाई उप–महानगरपालिकाका मतदाताहरुले निर्वा्चित गर्नेमा आफुहरु ढुक्क रहेको खरेलले बताए । यसैबिच जिल्लाको दोस्रो ठुलो शहर कोहलपुरले पनि विशिष्ट पहिचान कायम गरेका युवालाई मेयर रुपमा उम्मेदवार पाएको छ ।

अखिल क्रान्तिकारीका केन्द्रिय अध्यक्ष भईसकेका नरेन्द्र न्यौपानेलाई उम्मेदवार पाउँदा यहाँका स्थानियहरु हर्षित देखिएका छन । जुनसुकै निर्वाचनमा समेत पुरानै अनुहार दोहो¥याउने दलहरुका लागि न्यौपानेको उम्मेदवारी चुनौती बनेको छ । राजनितिमा अब्बल ठहरीएका न्यौपानेकाके उम्मेदवारीसँगै कोहलपुरमा माओवादी केन्द्रप्रतिको आकर्षण गढ्दै गएको स्थानियहरुले बताएका छन । अन्य दलबाट प्रतिनिधीत्व गर्ने ।

उम्मेदवारहरुले बिगतमा समेत कुनै उल्लेख्य उपलब्धी स्थापित गर्न नसकेकाले निराश देखिएका नगरवासीहरुमा न्यौपानेको उम्मेदवारीले नयाँ पलाएको छ । यसअर्थमा पनि समग्र कोहलपुर न्यौपानेको पक्षमा देखिएको छ । जिल्लाकै दुर्गम क्षेत्रको रुपमा चिनिएको राप्ती सोनारीमा पनि माओवादीका उम्मेदवार अन्य दलका उम्मेदवारहरुभन्दा भारी देखिएका छन । पुर्व सभासद समेत रहेका पट्टु थारु उम्मेदवार बनेपछि अन्य दलहरु छायाँमा पर्दै आएका छन । विकासप्रेमी र सरल स्वभावका नेतालाई उम्मेदवार पाएपछि राप्ती सोनारी गाँउपालिकाका मतदाताहरु मतदानकालागि तयारी अवस्थामा बसेका छन । माओवादी जनयुद्धका कमान्डर समेत रहेका डम्बर वि.क. (तुफान) उम्मेदवार रहेको खजुरा गाँउपालिका पनि माओवादीमय भएको छ ।

संगठन बिस्तारको सबैभन्दा राम्रो नमुनाका रुपमा खजुरा गाँउपालिकालाई लिन सकिने अध्यक्ष पदका उम्मेदवारी वि.क. बताउँछन । वि.क. का अनुसार खजुरामा माओवादीले झण्डा गाडिसकेको र जिल्लावासीले असार १४ को निर्वाचनपछि त्यसको उच्चतम नमुना देख्न पाउने छन । सरकारले नगरपालिका घोषणा गरेपनि अदालतले कार्यान्ययन नर्गन आदेश दिएपछि रोकीएको भन्दै वि.क. ले आफु निर्वाचन भएलगत्तै खजुरालाई नगरपालिका घोषणा गराउने प्रतिवद्धता समेत ब्यक्त गरेका छन । यसैबिच एमालेका संसद दलबहादुर सुनारको निर्वाचन क्षेत्र बैजनाथ गाँउपालिका समेत माओवादीमय भएको छ । सुनारका बिरोधाभाष मन्तब्य र गतिबिधीबाट आजित भएका यहाँका स्थानियहरुले माओवादीका उम्मेदवारलाई समर्थन जनाउन थालेका छन । आप्mनो गढका रुपमा लिदै आएका सुनारले आप्mनो पकड कमजोर हुन थालेपछि माओवादी नेता कार्यकर्तामाथी आक्रमणका लागि आप्mना कार्यकर्ताहरुलाई निर्देशन दिदै आएका छन । उम्मेदवारी मनोनयन दर्ताको दिन संसद सुनारकै निर्देशनमा माओवादी कार्यकर्तामाथी एमाले कार्यकर्ताहरुले ढुङ्गामुढा गरेका थिए ।

अन्य पार्टिप्रतिको नकारात्मक दृष्टिकोणका कारण एमाले प्रति वितृष्णा बढ्दै गएको स्थानियहरु बताउँछन । माओवादी केन्द्रका तर्फबाट उम्मेदवार बनेका राजमोहन चौधरी बलियो प्रतिस्प्रधि भएकाले एमाले अतालीएको स्थानियको बुझाई छ । यसप्रकार समग्र रुपमा जिल्लाका प्रमुख नगर र गाँउपालिकामा माओवादीको प्रभाव बढ्दै गएको छ । ठुला दलहरुले समेत माओवादीलाई मुख्य प्रतिस्प्रधिको रुपमा आँकलन गर्नु नै आफुहरुको जित रहेको माओवादी केन्द्र कोहलपुर नगरपालिका मेयर पदका उम्मेदवार नरेन्द्र न्यौपानेले दाबी गरेका छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *