लागु औषध कारोबारका आरोपी २१ वर्षपछि पक्राउ

काठमाडौं, माघ २५ । नयाँ बानेश्वरस्थित एभरेस्ट होटलका सञ्चालक मस्कुर अहमद लारी पक्राउ परेका छन् । बिहीबार महाराजगञ्जबाट महानगरीय प्रहरी कार्यालय र प्रहरी वृत, महाराजगञ्जको टोलीले उनलाई पक्राउ गरेको हो ।

उनी २१ वर्ष अघिको लागूऔषध मुद्दामा पक्राउ परेका हुन् । लागूऔषध सम्बन्धी मुद्दामा फरार रहेका उनलाई पक्राउ गरिएको महागरीय प्रहरी प्रमुख जयबहादुर चन्दले पुष्टि गरे ।

सन् १९९७ मा जर्मनीको विमानस्थलमा बरामद गरिएको २ सय ५० केजी लागूऔषध चरेसको अनुसन्धानका क्रममा उनको संलग्नता खुलेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =