उम्मेद्वारलाई मत तान्ने सकस, अा–अाफ्ना प्यानल बनाउँदै

     
असाेज २८, काठमाडाैं । गैह् आवासीय नेपाली महासङ्घ (एनआरएनए) को आठौ विश्व सम्मेलन राजधानी काठमाडौमा सुरु भएसँगै नयाँ नेतृत्वका लागि सरगर्मी बढेको छ ।

राजधानीको ह्याल होटेलमा शनिवार विशेष समारोहका बिच राष्ट्रपति विद्यादेवी भण्डारीले सम्मेलनको उद्घाटन गरेसँगै एनआरएनएको नयाँ नेतृत्व हत्याउन त्रिपक्षिय सरगर्मी बढेको हो । अाठाैं सम्मेलनबाट एनअारएनएकाे केन्द्रीय नेतृत्व लिन प्यानलै बनाएर उम्मेद्वारी दिने तयारीमा जुटेका छन् । यसका लागि अाकांक्षीहरूले ७७ देशका अध्यक्ष, महासचिव र कार्य समितिका पदाधिकारीसँग छलफल र वहस चलाएका छन् ।

एनआरएनको यो सम्मेलनमा जापानमा होटेल व्यवसाय गर्दै आएका व्यवसायी भवन भट्ट, एनआरएनएका हालका अध्यक्ष शेष घलेकी श्रीमती जमुना घले तथा व्यवसायी डिबी कार्की अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । अध्यक्षमा उम्मेद्वारी दिने घाेषणा तीन जना मध्ये जापानका युवा ब्यवसायी भवन भट्टकाे दावेदारीता बलियाे देखिए पनि, तीन दिन अघी उम्मेद्वारी घाेषणा गरेकी जमुना घले उनकाे बलियाे प्रतिष्पर्धामा देखिएकी छिन् ।

एनआरएनएको सम्मेलन सुरु हुनु तीन दिन अघिसम्म उम्मेदवारी घोषणा नगरेकी जमुना घलेले एक्कासि अध्यक्षको दावेदारी सार्वजनिक गरेपछि निर्वाचन त्रिपक्षीय हुने देखिएको छ ।

सम्मेलन शुरू भएसँगै उम्मेद्वारहरू अा–अाफ्ना पक्षमा जनमत तयार गर्न विभिन्न झुण्ड बनाएर भाेट तान्न लविङमा ब्यस्त छन्।

सम्मेलनमा ७० भन्दा बढी मुलुकका २ हजार प्रतिनिधि सहभागी छन् । ३ दिनसम्म चल्ने सम्मेलनले एनआरएनएको आगामी नयाँ नेतृत्व सँगै भावी कार्यदिशा समेत चयन गर्ने बताइएको छ ।

सम्मेलन अन्तर्गत भोलि अाइतबार बन्द सत्र र साेमबार नयाँ नेतृत्वका लागि निर्वाचन हुनेछ । हेराैं सम्मेलन उद्घाटन पछिका केही झलक
तस्विरः मकालु खबर

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *