हवाई कारबाहीमा ५३ तालिवान मारिए

काबुल, ५ भदौ । उत्तरी अफगान प्रान्त कुन्दुजको आक्तास जिल्लामा भएको अफगान सैनिकको कारबाहीमा ४८ जना तालिवान मारिएको समाचार छ । उक्त क्षेत्रमा तालिवानहरू लुकेर बसिरहेको सूचनाको आधारमा सो कारबाही गरिएको समाचारमा जनाइएको छ ।

त्यसैगरी अफगानिस्तानको पूर्वी प्रान्त नान्गार्हारमा सोमबार भएको एक हवाई कारबाहीमा कम्तीमा पाँच तालिवान आतङ्ककारी मारिएका छन ।


अफगान सेनाको विशेष बलले गरेको यस कारबाहीमा ती तालिवान मारिएका सेनाले जानकारी दिएको छ । नान्र्गाहार प्रान्तको सिर्जाद जिल्लामा तालिवाको आखडा लक्षित आक्रमणमा ती आतङ्ककारीहरू मारिएको सैनिक स्रोतले जानकारी दिएको छ । रासस/सिन्ह्वा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =