आईसीयूमा रहेका जोनको अवस्था कस्तो छ ?

काठमाडौं, माघ २४ ।  फूलचोकी जंगलमा हराएको सातौं दिनमा बुधबार फेला परेका जोन तामाङको उपचार अझै आईसीयूमा भइरहेको छ । जोनको स्वास्थ्य अवस्था सुधारोन्मुख भएको चिकित्सकले जनाएका छन् । आजको कान्तिपुरमा खबर छ ।

ग्वार्कोस्थित बी एण्ड बी अस्पतालमा उपचाररत तामाङबारे चिकित्सक ओम अधिकारीले ‘स्थिति सुधारोन्मुख’ भएको जानकारी दिए ।  उनले भने, ‘उनी अहिले खतराबाट मुक्त छन्, आईसीयूमा उपचार भइरहेकोले त्यसै सम्पूर्ण अवस्था ठीक त भन्न सकिन्न ।’

उनको हिउँले खाएर प्लास्टर गरिएको दुवै खुट्टाको अवस्था राम्रो हुँदै गएको चिकित्सकले जनाएका छन् । जोनकी आमा रिमाले छोराको अवस्था अझै नाजुक रहेको बताईन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *