जहाँ भेटिँदैनन् अविवाहित युवायुवती…
२०७४ जेठ १५ गते

“
काठमाडौं, माघ २३ । मालिङ गाउँपालिका २ सैलुङका रामबहादुर गूरुङ दुई छोरा र दुई छोरीका बाबु हुन् । उनकी जेठी छोरी सात कक्षामा पढदै गर्दा १४ बर्षकै उमेरमा भागेर विहे गरिन् । गुरुङको छिमेकमा विहे भोज थियो । भोजमा सहभागी हुन छिमेकी गाउँबाट आएको एक युवकले भोजबाटै उनलाई भगाएका थिए ।
गुरुङकी कान्छी छोरीले पनि ९ कक्षामा पढ्दै गर्दा भागेर बिहे गरेकी थिईन् । सैलुङकै ८० बर्षीया उज्याली गुरुङ १० बर्षको उमेरमा मागी बिहे गरेको बताउँछिन् । उनका ४ छोरा र २ छोरी छन् । छोरीमध्ये जेठी मनमायाको १४ बर्षको उमेरमा र कान्छी पुर्णमायाको १६ बर्षको उमेरमा विहे भएको थियो । उनी भन्छिन्, उमेर पुगेका युवायुवतीमध्ये विवाह हुनेको भहईहाल्छ, नहुनेमध्ये केही रोजगराको खोजीमा र केही अध्ययनका लागि सहर वा विदेश जाने भएकाले गाउँमा १६ बर्षमाथिका युवायुवती देखिँदैनन्
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








