दरबारमार्ग बलात्कार प्रकरणः इन्स्पेक्टर ठकुरी निलम्बित
२०७४ जेठ १५ गते

“
काठमाडौं, माघ २३ । दरबारमार्गमा भएको सामूहिक बलात्कार घटनालाई मिलापत्र गराई गुपचुप राख्न मुख्य भूमिका निर्वाह गरेका प्रहरी निरीक्षक लक्ष्मण ठकुरीको निलम्बन सिफारिस गृह मन्त्रालयले सदर गरेको छ ।
मिलापत्र गराउन संलग्न भएको भन्दै मुद्दा शाखाका सई चन्द्र भण्डारीलाई भने यसअघि नै निलम्बन गरिसकिएको छ । घटना सार्वजनिक भएलगत्तै प्रहरी परिसर काठमाडौंले निलम्बनका लागि महानगरीय प्रहरी प्रभागलाई सिफारिस गरेको थियो । प्रभागले निलम्बन गर्न प्रहरी प्रधान कार्यालयलाई पत्र लेखेको थियो ।
१८ माघमा प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयलाई सिफारिस गरेको थियो । तर पत्र पुगेको पाँच दिन बितिसक्दा पनि गृहले निलम्बनको सिफारिस कार्यान्वयन नगरेपछि प्रहरी प्रधान कार्यालयले यसबारे बुझबुझारथ थालेको थियो ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








